NarayaniPost.com
बुधबार, साउन २५, २०७९

पासपोर्ट बनाउँन जानेहरुलाई पिसाब फेर्ने ठाउको चिन्ता !

नारायणी पोस्ट
बुधबार, कार्तिक १७, २०७८

२०७८ कार्तिक १७ गते

काठमाडौं । दिसा–पिसाव गर्न पाउनु मानिसको प्राकृतिक हक हो । तर, हाम्रो परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले जनताका समस्यालाई कसरी बेवास्ता गरेका छन् भनेर बुझ्न चाहने हो भने एकचोटि यहाँकाे चर्पीमा छिर्दा हुन्छ ।

विकार तत्व फालेर शरीरलाई आराम दिन शौच गर्न ट्वाइलेट छिरेका सेवाग्राहीहरु बान्ता गर्दै बाहिर निस्कने गरेका छन् । सेवाग्राहीको समस्याबारे सरकारी कर्मचारीहरुलाई केही पनि मतलव छैन ।

राहदानी विभागमा द्रुत प्रक्रियाबाट पासपोर्ट बनाउन एकजना सेवाग्राहीले १० हजारदेखि १५ हजार रुपैयाँ तिर्ने गरेका छन् । तर, यति धेरै राजस्व तिर्ने सेवाग्राहीहरु ट्वाइलेट भित्र छिर्न सक्ने अवस्था छैन ।

शौचालय भित्र जताततै दिशा–पिसाव गरेको, पराग, सुर्ती र पानीका बोतलहरू थुपारिएका कारण प्रवेश गर्न कठिनाई भएको सेवाग्राही रेशम कुँवरले बताए ।

सेवाग्राहीले ट्वाइलेटको अवस्थाबारे बताएपछि हामीले त्यहाँभित्रको फोहोरको दृश्य खिच्न खोज्यौं । तर, यति फोहोर थियो कि त्यहाँ ३० सेकेन्ड बिताउन पनि कठिन भयो ।

विभागका निर्देशक भन्छन् – ट्वाइलेट फोहोर हुनु सेवाग्राहीकै गल्ती

राहदानी विभागले हरेक दिन प्रत्येक दुई–दुई घण्टामा ट्वाइलेट सफा गरेको दावी गरे पनि ट्वाइलेटको अवस्था हेर्दा निकै दिनदेखि सफाइ नगरेको देखिन्थ्यो । तर, ट्वाइलेट यसरी फोहोर हुनुको मुख्य कारक भने सेवाग्राही नै भएको विभागका अधिकारीको आरोप छ ।

​राहदानी विभागका निर्देशक एवं प्रवक्ता शरदराज आरणले ट्वाइलेट फोहोर हुनुको कारण विभागको दृष्टिकोणबाट मात्र नहेरी सेवाग्राहीको दृष्टिकोणबाट पनि हेर्नुपर्ने बताए । उनले सेवाग्राहीले जथाभावी दिसा–पिसाव गरेका कारण ट्वाइलेट फोहोर भएको उल्लेख गरे । उनले दुई–दुई घण्टामा सफा गरेको दावी गरे । तर, ट्वाइलेट भित्र पानीको समेत व्यवस्था थिएन ।

एकजना सेवाग्राही किशोरकुमार महतोले बाहिरबाट बोतलमा पानी बोकेर ट्वाइलेट गर्न जानुपर्ने र दिशा गर्ने ट्वाइलेटको प्यान बोतल र दिशाले भरिएको सुनाए ।

यता निर्देशक आरणले भने, ‘दुई दुई घण्टामा ट्वाइलेट सफा गर्ने मान्छे राखेका छौँ, हजारौं मान्छे आएपछि त्यहाँ कसैले पनि पानी नहाल्ने, जे पनि लगेर फाल्दिने, धारा पनि निकालिदिने गर्छन् । सेवाग्राहीको तर्फबाट पनि हेर्नुपर्ने हुन्छ । धारा फेर्दा फेर्दा हैरान भएका छौँ ।’

निर्देशक आरणले एकदिनको ट्वाइलेट हेरेर धारणा बनाउन नहुने बताउँदै विभाग सेवाग्राहीलाई सफा ट्वाइलेटको व्यवस्था गर्न प्रतिवद्ध रहेको उल्लेख गरे ।

आन्य समाचारहरु:-
July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

May 14, 2022
चितवनमा माओवादी केन्द्रले खाता खोल्यो,इच्छाकामना १ मा सन्तबहादुर राना विजयी

चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram