NarayaniPost.com
बुधबार, असार २७, २०८०

महोत्तरीको चोकचोकमा केराका थामको बजार

नारायणी पोस्ट
बिहिबार, कार्तिक १८, २०७८

२०७८ कार्तिक १८ गते

काठमाडौं । दीपावली पर्वको मुख्य दिन आज लक्ष्मीपूजाको तयारीले महोत्तरीसहितका मिथिला क्षेत्रमा एकाबिहानैदेखि चहलपहल बढेको छ । यस भेगका प्रत्येकजसो बजार केन्द्रमा आज बिहानैदेखि नै केराका थाम (बोट) को बजार लागेको छ । दीपावली पर्वमा लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ, नगर, बस्तीका चोकचोकमा केराका थामको बजार जमेको हो ।

पर्वमा बनाइने स्वागतद्वारको मूल खाँबा नै केराको थामबाट बनाइने परम्परा भएको हुँदा मिथिला क्षेत्रमा यो पर्व विशेषमा केराका थामको निकै महत्व हुने गरेको छ । केराका थामबाट बनाइएको स्वागतद्वारबाट लक्ष्मी प्रशन्न हुँदै गृह प्रवेश गर्ने मैथिल हिन्दूका जनविश्वास छ ।

पर्वका अवसरमा थामको बजार आज बिहान जमे पनि मिथिलामा यसको खोजी केही पहिलेदेखि नै हुने गरेको छ । खासगरी व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजाकै दिन थाम पाइने÷नपाइने दुविधाले एक साता पहिलेदेखि नै अग्रिम पेश्की दिएर सुनिश्चित गरेका पाइएको छ । भङ्गाहा–४ रामनगरका केराखेती गर्ने किसान सत्यनारायण यादवले यसपालि ३५ हजारको थाम बिक्री भएको बताउनुभयो ।

पर्व विशेषमा जिल्लाका मुख्य बजार बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा र जिल्ला सदरमुकाम जलेश्वर नगरसहितका बजारचोकमा किसानले बिक्रीका लागि केराका थाम पु¥याएका छन् । खर्चबर्चका अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला थाम बिक्रीबाट भएको आर्जनले पर्व टार्न सजिलो भएको भङ्गाहा–६ हतिसर्वाको झपौल बस्तीका किसान रामचन्द्र महराको भनाइ छ ।

दीपावली पर्वमा एकजोडा केराका थाम ४०० सम्म बिक्री हुने गरेका किसानको भनाइ छ । पर्व सुरु हुनुअघि नै आफ्नो करिब १० कठ्ठा क्षेत्रफलमा लगाइएको केराका बोटको नयाँ कोथा बेचेर ३० हजार लिइसकिएको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोेले जानकारी दिनुभयो । खासगरी तिहार र छठपर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आपूmहरुको आयआर्जन र गुजाराको राम्रो साधन बनेको आम किसानको धारणा छ ।

“केराका झ्याङ्मा एउटा बोटमा तीन वटाभन्दा बढी भएका कोथा छाँट्नैपर्ने हुन्छ, धेरै कोथा निस्किए केराका कोसा राम्ररी फस्टाउँदैनन्” गौशाला नगरपालिका–१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहा भन्नुभयो, “छाँट्नुपर्ने कोथालाई हामी दीपावली पर्खन्छौँ ।” यस पर्वमा कोथाबाट नै अतिरिक्त आम्दानी हुने भएको हुँदा बेला कुर्ने गरिएको कुशवाहाको भनाइ छ ।

मिथिला क्षेत्रमा दीपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरूपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम शुभ र लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् । वैदिककालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको मिथिला संस्कृतिका ज्ञाता जिल्ला सदरमुकाम जलेश्वर–८ बजराहीका ७० वर्षीय मनोहरनाथ पाठकले बताउनुभयो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram