NarayaniPost.com
मङ्लबार, साउन २, २०८०

जाडोमा हाडजोर्नी समस्याबाट यसरी मुक्त हुनुस

नारायणी पोस्ट
सोमवार, कार्तिक २२, २०७८

२०७८ कार्तिक २२ गते

काठमाडौं । जाडो याम सुरु भइसकेको छ । यस मौसममा हाडजोर्नी समस्याले खासगरी वृद्धवृद्धालाई सताउँछ । बाथका रोगीलाई पनि जाडोमा बढी समस्या देखापर्ने हाडजोर्नी विषेशज्ञहरूको भनाइ छ । जब चिसो बढ्छ, जोर्नीहरूको दुखाइ पनि बढ्छ । गर्मीभन्दा चिसोमा जोर्नीहरूमा अररोपन बढी हुन्छ । त्यसरी रगतका नशाहरू साँघुरिदा शरीरमा राम्रोसँग रगत सञ्चालन हुन नपाउँदा बाथरोगसमेत लाग्ने गर्छ ।

बाथ भनेको जोर्नीहरूको झिल्लीमा आउने समस्या हो । चिकित्सीय भाषामा यसलाई ‘आर्थराइटिस’ भनिन्छ । चिसोका कारण रगतका नलीहरू साँघुरिने गर्छन् । उमेर बढ्दै जाँदा हाडजोर्नी तथा बाथ रोग देखिने गर्छ । हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेलका अनुसार बाथको समस्या एकैपटक देखिने होइन । बाल्यकालदेखि नै बाथ हुन सक्छ । उमेर बढेसँगै र चिसो मौसममा जोर्नीमा बढी समस्या देखापर्छ । तातो तथा गर्मी मौसममा जोर्नीका झिल्लीहरू कम मात्रामा सुनिन्छ । त्यसैले कम दुखाइ मात्रै हुने हो । बाथको समस्या यथावत पनि रहन सक्छ । हाडजोर्नी समस्यामा सुरुवाती अवस्थामा जोर्नीको दुखाइ र सुनिने नै हो ।

बाथमा देखिने समस्याः

जोर्नी दुखाइसँगै सुनिन पनि सक्छ भने कसैकसैलाई जोर्नी दुखाइ मात्रै हुन पनि सक्छ । पहिला एउटा मात्रै गाँठो सुनिन सक्छ । जोर्नी दुख्ने र सुनिने क्रम क्रमशः बढ्दै जान्छ ।

–जोर्नीको दुखाइलाई सामान्य ठाने हात, खुट्टाको जोर्नी विस्तारै बाङ्गिएर जटिल अवस्थामा पुग्न पनि सकिन्छ ।

–जोर्नीसम्बन्धी हुने समस्यामध्ये कम्मर दुखाइ पनि बाथ हो । बाथकै कारण अपाङ्ग हुने समस्या समेत हुने अवस्था आउन सक्छ ।

–हाड खिइएका कारण पनि बाथको समस्या आउन सक्छ ।

–प्रेसर र क्यान्सरको औषधि खाने बिरामीलाई बाथको समस्या छिट्टै निम्तिन सक्छ ।

विषेशज्ञ पौडेलका अनुसार जोर्नी तथा बाथका बिरामी तुलनात्मक रुपमा पुरुषभन्दा महिला बढी छन् । महिलाहरूमा जोर्नीमा समस्या आएसँगै हात खिइनेदेखि ढाडको बाथ पनि पछिल्लो समय बढ्दै गएको छ ।

समाधानका उपायः

– हाडजोर्नी समस्या हुन नदिन सक्रिय जीवन बिताउनुका साथै दैनिक ४०, ४५ मिनेट हिँड्ने ।

–नियमित व्यायाम गर्ने । यसले शारीरिक रूपमा सक्रिय भइ मांशपेशी र जोर्नीलाई रोगबाट बचाउन सकिन्छ ।

–बाथ रोग वंशाणु रोग पनि हुन सक्छ । त्यसैले बाथरोगी आमा बाबुबाट जन्मिएका सन्तानले हेरचाहमा सचेत हुनुपर्छ ।

–भाँडा माझ्दा, नुहाउँदा मनतातो पानीको प्रयोग गर्नुपर्छ ।

–एकाबिहानै र रातीको समयमा सकभर नुहाउनु हुन्न । लुगा धुने र भाँडा माझ्ने काम दिउँसो गरियो भने चिसो कम भएर जोर्नीले सताउँदैन ।

–स्कुटर, मोटरसाइकल चलाउँदा हातमा न्यानो पञ्जा लगाउनुका साथै टोपी, मोजा लगाएर बाहिर निस्कने गर्नुपर्छ ।

–शरीर ढाक्ने तातो हुने कपडाहरू लगाउनुपर्छ ।

–गाउँघरमा भारी बोकेर उकाली ओराली गर्दा वा नियमित रूपमा क्षमताभन्दा बढी भारी बोक्दा पनि हिप जोर्नी, हात, खुट्टाको जोर्नी खिइने समस्या आउन सक्ने भएकाले ध्यान दिनुपर्छ ।

–जाडोमा हाड जोर्नी समस्या हुन नदिन खानपानमा ध्यान दिनुपर्छ । जस्तो कि :

–झोलिलो पदार्थ नियमित खानुपर्छ ।

–सागपात, पोषणयुक्त खानेकुरा नियमित खानुपर्छ ।

–प्रशस्त मात्रामा मनतातो पानी पिउनुपर्छ ।

–हटब्यागको प्रयोग गर्ने, तेल तताएर बेलाबेलामा मसाज गरिरहनु पर्छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram