NarayaniPost.com
मङ्लबार, फाल्गुन १, २०८०

सामूहिक बलात्कार, तीन आरोपी पक्राउ

नारायणी पोस्ट
मङ्लबार, कार्तिक २३, २०७८

२०७८ कार्तिक २३ गते

म्याग्दी । सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेको किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई अलग–अलग ठाउँबाट प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो । तीमध्ये एकजनालाई रुपन्देही र दुई जनालाई पोखराबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । “आधुनिक विधि र प्रविधि प्रयोग गरी अनुसन्धान भइरहेको छ, घटनामा कसैको दबाब छैन”, उनले भने ।

एक्लै सुतिरहेको अवस्थामा ती युवाले जबर्जस्ती धम्क्याउँदै पालैपालो बलात्कार गरेको भन्ने पीडितको उजुरी परेकाले जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरी पीडकको खोजी गरिएको थियो । उक्त घटना थामथुम पार्न गाउँका केहीले पीडितका आफन्तहरूकै उपस्थितिमा पीडित युवतीको परिवारबीच आर्थिक लेनदेन गरी मिलापत्रको प्रयास गरेको हल्लाले अनुसन्धानमा असर नगर्ने प्रहरीको भनाइ छ ।

मुलुकी अपराध संहितामा १८ वर्ष वा माथिका कसुरदारलाई बलात्कारको अभियोगमा १० देखि १२ वर्षसम्म कैद सजायका साथै सामूहिक बलात्कार पुष्टि भएमा थप पाँच वर्ष सजाय हुने कानुनी व्यवस्था छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram