NarayaniPost.com
बिहिबार, असार २८, २०८०

ओपोले सुरु गऱ्यो नयाँ व्यवसाय

नारायणी पोस्ट
मङ्लबार, कार्तिक २३, २०७८

२०७८ कार्तिक २३ गते

काठमाडौं । ‘बिल्डिंग अ बेटर फ्यूचर टूगेदर’ थिमका साथ ओपोले २०२१ ओपो डेभलपर कन्फरेन्स (ओडीसी)को आयोजना गरेको छ । सम्मेलनमार्फत ओपोले ओमोजी, रे ट्रेसिंग र हेटेरोजिनस कम्प्यूटिंग जस्ता प्रविधिहरुका साथै आफ्नो नयाँ ओपो हेल्थ एण्ड कारलिंक व्यवसायको घोषणा समेत गरेको छ ।

‘निरन्तर कनेक्टेड यो संसारमा उपकरण तथा सेवाका संख्याहरुका साथै अन्तरक्रियाका प्रवृत्तिहरु समेत वृहत तथा विविध छन् । विकासकर्ताहरु प्रयोगका विभिन्न परिवेशका साथै लामो सञ्चालन समयका लागि सक्षम हुनु आजको आवश्यकता हो ।’, ओपोका उपाध्यक्ष तथा ओपो रिसर्च ईन्स्टिच्यूटका अध्यक्ष लेभिन ल्यूले भने । उनले ओपो आफ्ना विकासकर्ताहरुलाई चुनौतिहरुको सामना गर्न तथा प्रयोगकर्ताहरूका लागि सुदृढ भविष्यको निर्माणमा सहकार्य तथा सशक्तिकरणका लागि समर्पित रहेको समेत बताए ।

ओपोले प्रयोगकर्ताहरु माझ उत्कृष्ट सेवा अनुभव पुऱ्याउँदै बहुसंख्यक मानिस तथा उपकरणहरुबीच प्राकृतिक अन्तरक्रियाका लागि त्रुटिरहित अन्तरसम्बन्ध स्थापित गर्दै प्रयोगकर्ता केन्द्रित सर्वव्यापी सेवा अनुभव उपलब्ध गराउने परिकल्पना गरेको छ । यस्तो भविष्यका लागि सुदृढ भिज्यूअल्स, कुशल कम्प्यूटिंगका साथै बहुसंख्यक उपकरणहरु विच घनिष्ठ जडानको आवश्यकता पर्छ । आफ्नो यस परिकल्पनालाई साकार पार्ने कार्यमा ओपोलाई साथ दिन विकासकर्ताहरुको क्षमता अभिबृद्धिका लागि कम्पनीले विभिन्न प्राविधिक क्षमताहरुको श्रृखंला नै सार्वजनिक गरेको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram