NarayaniPost.com
मङ्लबार, साउन २, २०८०

बिद्यालयमा आगलागी हुदाँ २५ बालबालिकाको गयो ज्यान

नारायणी पोस्ट
मङ्लबार, कार्तिक २३, २०७८

२०७८ कार्तिक २३ गते

काठमाडौँ : दक्षिणी नाइजरको एक कक्षाकोठामा आगलागीका कारण कम्तीमा २५ विद्यार्थीको मृत्यु भएको छ । अधिकारीका अनुसार यी सबै विद्यार्थी ५ देखि ६ वर्षका थिए ।​ नाइजरको मराडी क्षेत्रमा सोमबार बिहान कक्षाकोठामा पढाई भइरहेका बेला उक्त घटना भएका हो । उक्त घटनामा थुप्रै बालबालिका घाइते पनि भएका छन् । अगलागीको कारण स्पष्ट हुन सकेको छैन ।

नाइजरमा काठ र घाँसपात–पराल इत्यादिको कक्षाकोठा बनाइन्छ । यस्ता कक्षाकोठामा भारी संख्यामा विद्यार्थी बस्छन् जबकी इट्टाले बनाइएका कक्षा निकै कम छन् । स्थानीय मिडियालाई शहरका मेयर चाइबू अबुबकरले दिएको जानकारी अनुसार सोमबारको आगलागीमा यस्ता तीन कक्षा ध्वस्त भएका छन् ।

एक प्रत्यक्षदर्शीले बीबीसीलाई दिएको जानकारी अनुसार उनले थुप्रै शवलाई घटनास्थलबाट लैजादैँ गरेको देखेको र थुप्रै घाइते बालबालिकालाई अस्पतालमा भर्ना गरिएको छ । घाइते बालबालिकामध्ये केहीको स्थिति गम्भीर भएको बताइएको छ । स्कूलका सबै कक्षा रद्द गरिएको छ ।

नाइजरको स्कूलमा आगलागी हुनु असामान्य होइन तर यसमा धेरैको मृत्यु हुने गर्दैन । यद्यपि, यस वर्षको सुरुमा नाइजरको राजधानी नियामेमा आगलागीका कारण स्कूलको ढोकामा फसेका कारण २० बालबालिकाको मृत्यु भएको थियो । उक्त घटनामा कूल २८ कक्षाकोठा ध्वस्त भएका थिए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram