NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

चार विद्यालयलाई चिनियाँ दूतावासको सहयोग

नारायणी पोस्ट
बुधबार, कार्तिक २४, २०७८

२०७८ कार्तिक २४ गते

कास्की । चिनियाँ दूतावासले पोखराका चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै दूतावासले चार सरकारी विद्यालयमा निःशुल्क इन्टरनेटसहित २० लाख रुपैयाँ बराबरको सुविधा उपलब्ध गराउने भएको हो ।

नेपाल–चीन जनमैत्री संघ पोखराको समन्वय तथा चिनियाँ दूतावासको सहयोगमा जनचेतना मावि, जन जागृति मावि, शिशु कल्याण मावि र भविष्य निर्माण माविमा निःशुल्क इन्टरनेट सेवा जडान गर्न लागिएको हो । उक्त चार विद्यालयमा निःशुल्क इन्टरनेट जडान गर्ने सम्बन्धमा मंगलवार चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा सम्झौता भएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै चिनियाँ राजदूत यान्छीले इन्टरनेट दूर शिक्षाका लागि महत्वपूर्ण कडी भएकाले त्यसबाट टाढा रहेका सरकारी विद्यालयलाई दूतावासले सहयोग गरेको बताइन् । उनले कोभिडका कारण विद्यालय बन्द भएको र सोहि कारण विद्यार्थी अध्ययनबाट वञ्चित भएकाले वञ्चित विद्यार्थीले पनि पढ्न पाउन् भनेर दूतावासले नेपाली विद्यार्थीलाई इन्टरनेटको पहुँच पुर्याउन सहयोग गर्ने निर्णय गरेअनुसार नै सहयोग गरिएको स्पष्ट पारिन् । उनले नेपाल र चीन एक असल छिमेकी र सुख–दुःखको साथी भएको बताउँदै यसलाई कायम राख्न विद्यार्थीहरुले नेपाल र चीन बीचको इतिहास पढ्नुपर्ने बताइन् ।

राजदूत यान्छीले भनिन्, ‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ ले शिक्षामा चुनौती खडा गरेको छ, शिक्षामा बाधा उत्पन्न गरेको छ, यसलाई चिर्नका लागि इन्टरनेटको विकल्प छैन,’ उनले भनिन, ‘त्यही भएर पोखरेली विद्यार्थीलाई सहज होस् भनेर हामीले सहयोग गरेका हौँ ।’

गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले पोखरालाई शिक्षाको हब बनाउन प्रदेश सरकारले योजना अगाडि बढाइरहेको भन्दै यसका लागि चीन सरकारको सहयोग आवश्यक रहेको बताए । उनले यसका लागि चीनले नेपाललाई प्रविधिसहित दक्ष जनशक्तिमा सघाउने अपेक्षा गरेको बताए ।

शिक्षामन्त्री श्रेष्ठले भने, ‘हामी पनि चीनका विद्यार्थी झैं प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन गर्न चाहन्छौं, विदेशबाट समेत पोखरा आएर अध्ययन गर्ने खालको शिक्षाको हब बनाउन चाहन्छौं, जसले गर्दा यहाँ उत्पादन भएका विदेशी विद्यार्थी आफ्नो देशमा गएर रोजगारी प्राप्त गरोस्,यहाँका विद्यार्थीले यहि रोजगारी पााउन्, स्वरोजगार बन्न सकुन् ।’

सम्झौतामा नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखे र चारवटै विद्यालयका प्रधानाध्यापकले मंगलवार हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार उक्त विद्यालयमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ । चारवटै विद्यालयमा इन्टरनेट जडानका लागि आवश्यक पर्ने अप्टिकल फाईवर केवल जडान, प्रत्येक कक्षामा आवश्यक पर्ने डिभाइस, विद्युत आपूर्ति नभएका बेला पनि इन्टरनेट चलाउनका लागि सोलार इन्भर्टर र एक वर्षका लागि आवश्यक पर्ने इन्टरनेट पोखरा इन्टरनेटबाट निःशुल्क उपलब्ध गराइनेछ ।

यो कामका लागि करिब २० लाख रुपैयाँ खर्च लाग्ने नेपाल–चीन जनमैत्री संघ पोखराका अध्यक्ष पालिखेले जानकारी दिए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram