NarayaniPost.com
मङ्लबार, साउन ३, २०७९

पेट्रोलियम पदार्थकाे मूल्यमा भएको वृद्धिको विरोध गर्दै बुटवलमा चक्काजाम

नारायणी पोस्ट
बिहिबार, कार्तिक २५, २०७८

२०७८ कार्तिक २५ गते

रुपन्देही । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रूपन्देहीले बिहीबार बुटवलमा चक्काजाम गरेको छ । सो क्रममा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गरेका छन् । अनेरास्ववियू रूपन्देहीका सचिव प्रकाश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग सरकारलाई माग गरे ।

बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा मूल्यवृद्धि गरेको थियो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको छ। मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ पुगेको छ। त्यस्तै मट्टीतेल र डिजेलको मुल्य १ सय १९ रुपैयाँ प्रतिलिटर पुगेको छ। विद्यार्थीहरुले मूल्य वृद्धि फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आन्य समाचारहरु:-
July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

May 14, 2022
चितवनमा माओवादी केन्द्रले खाता खोल्यो,इच्छाकामना १ मा सन्तबहादुर राना विजयी

चितवन,३१ बैशाख । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर राना विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई १० मतको झिनो अन्तरमा पराजित गरेका हुन् ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram