NarayaniPost.com
आइतवार, साउन २९, २०७९

वायु प्रदुषणले मुटु रोगीका लागि खतरनाक

नारायणी पोस्ट
बिहिबार, कार्तिक २५, २०७८

२०७८ कार्तिक २५ गते

काठमाडौं । अहिलेसम्म भएका विभिन्न अनुसन्धानले वायु प्रदुषणले हृदयरोगको खतरा बढाउने पत्ता लगाएको छ । अमेरिकामा भर्खरै गरिएको एक अनुसन्धानले मिर्गौला रोगी र उच्च रक्तचापका बिरामीहरुको मुटु वायु प्रदुषणका कारण कमजोर हुने पत्ता लगाएको छ । बिहीबार अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी किड्नी विक–२०२१ मा वायु प्रदुषणले मुटु कमजोर गराउने दावी गरिएको हो । जसमा वायु प्रदुषणको सीधा असर मुटुमा पर्ने जानकारी दिइएको छ ।

अनुसन्धानकर्ताका अनुसार उच्च रक्तचापको समस्याबाट गुज्रिरहेका मिर्गौला रोगीहरुलाई ग्लेसिटीन–३ को स्तर बढी भएको पाइयो । यसको सीधा सम्बन्ध वायु प्रदुषणसँग छ । यसले मुटुको भित्रसम्म पुगेर कमजोर बनाउने काम गर्छ ।

मुटुको सुरक्षा
मुटुलाई स्वस्थ राख्नका लागि हरेक दिन सामान्य व्यायाम गर्ने गर्नुपर्छ । भने, खानपानमा पनि विशेष ध्यान आवश्यक छ । यसका साथै, खानामा नुन र फ्याटको मात्रा कम प्रयोग गर्नुपर्छ । यदि दैनिक व्यायाम गर्न सम्भव नभए हरेक दिन हिँड्ने गर्नुपर्छ । चुरोट पिउने बानीलाई हटाउनु पर्छ । यसले मुटुको रोग बढाउँछ ।

मोटोपनको असर
पुरुषको पेटको मोटाई ९० सेन्टिमिटर र महिलाको ८० सेन्टिमिटरभन्दा कम हुन आवश्यक छ । यदि पेट बढ्दै जाने समस्या छ भने प्रिम्याच्योर हर्ट अट्याकको खतरा बढ्छ । त्यसैले आफूले खाने खानेकुरामा विशेष ध्यान दिन आवश्यक छ । भने, ७ देखि ८ घण्टासम्म निदाउनुपर्छ । दिउँसोको खानापछि सुत्नु मुटुका लागि फाइदाजनक मानिन्छ ।

खतरनाक लक्षण
–छाती दुख्ने
–छाती थिचे जस्तो महसुस हुने
–सास फुल्ने
–हातगोडा चिसो हुने
–गर्दन, बंगरा, पेटको माथिल्लो भाग, कम्मरभन्दा माथि अत्यधिक पीडा हुने र उक्त दुखाई बायाँतर्फ बढ्न थालेमा तुरुन्तै अस्पताल जानुपर्छ ।

आन्य समाचारहरु:-
August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram