२०७८ कार्तिक २५ गते
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुर्यबहादुर थापाको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको आजको निर्णय अनुसार थापालाई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा सरुवा गरिएको हो ।
थापा १७ महिनाअघि चितवन सरुवा भई चितवन आउनु भएको थियो । उहाँले यहाँ प्रहरी प्रवक्ताको जिम्मेवारी समेत लिएर काम गर्नुभएको थियो । २०६८ सालमा सेवा प्रवेश गर्नुभएका थापाले यसअघि नेपालगञ्ज, दिपायल, बाँके, अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र काठमाण्डौँमा रहेर काम गरि सक्नुभएको छ ।
यसैविच चितवनमा सरुवा भई अधिकारी प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालयमा कार्यरत नरहरी अधिकारी आउने हुने भएको छ । नेपाल प्रहरीले एकैसाथ ९५ जना डिएसपीहरुको सरुवा गरेको छ । बालाजु, थानकोट, कालीमाटी, आर्थिक अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा भएको हो ।