NarayaniPost.com
बुधबार, साउन १०, २०८०

सवारी भाडादर तोक्नका लागि राक्सिराङमा समिति बनाइयो

नारायणी पोस्ट
शुक्रबार, कार्तिक २६, २०७८

२०७८ कार्तिक २६ गते

मनहरी । राक्सिराङ गाउँपालिकाका ग्रामीण सडकमा चल्ने अटो, बोलेरो, बस लगायतका सवारी साधानहरुले यात्रुहरुसँग बढि भाडा असुल्ने गरेको गुनासो बढेपछि गाउँपालिकाले चासो देखाएको छ ।

बिहिबार गाउँपालिकामा सर्वदलीय छलफल बोलाएर भाडादरमा एकरुपता र ब्यवस्थित बनाउने प्रयास गरिएको हो । छलफलबाट एक साताभित्रमा गाउँपालिकाभित्रका सम्पुर्ण ग्रामीण सडकको रुट र भौगोलिक कठिनाई अध्ययन गरि सवारी साधानको भाडादर तोक्नका लागि समिति निर्माण गरेको छ । गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङको संयोजकत्वमा वडाअध्यक्षहरु, राजनितिक दलका प्रमुखहरु, यातयात व्यवसायीहरु तथा नागारिक समाजको सहभागितामा समिति बनाइएको हो । समितिले सबै वडाका सडकहरुमा चल्ने अटो, बोलेरो, बस लगायत सवारी साधानको उपयुक्त भाडादर बारे सर्वपक्षीय छलफल गरि दुरी र सडकको अवस्थाका आधारमा भाडादर निर्धारण गरिने गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । हाल यातयात सञ्चालकहरुले मनपरि भाडा असुल्दा यात्रुहरु मारमा परेको र ग्रामीण क्षेत्रका गरिब विपन्न सर्वसाधारणले यात्रा गर्नै नसक्ने अवस्था आएको गुनासो बढेपछि गाउँपालिकाले भाडादर तोक्न लागेको उहाँले बताउनुभयो ।

उपाध्यक्ष निर्मला हिमडुङले गाउँपालिकामा चल्ने सवारी साधनले अस्वभाविक भाडा लिने गरेको बताउनुभयो । अटो चालकहरुले कमाई गर्ने थलो नै राक्सिराङलाई बनाएको भन्दै यसरी मनपरि भाडा असुल्ने कार्य बन्द गरिनुपर्ने बताउनुभयो ।

राक्सिराङ गाउँपालिकाभित्र अटो, बोलेरो तथा बसहरुले अस्वभाविक रुपमा महँगो भाडा लिने गरेको गुनासो विगतदेखि नै आउने गरेको छ । अटोले मनहरीदेखि गाउँपालिका केन्द्र चैनपुरसम्म (५ किलोमिटर) को भाडा १५० लिने गरेको छ । त्यस्तै बसले मनहरीदेखि घोरकोट्टे सम्म (२३ किलोमिटर) को भाडा ५ सय लिने गरेको छ । गाउँपालिकाले एक साताभित्रमा नयाँ भाडादर तोक्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवचन्द्र गतौलाले बताउनुभयो ।

छलफलमा सहभागी राजनितिक दलका नेताहरुले ग्रामीण र कच्ची सडकमा सवारी साधनमा क्षमताभन्दा बढि यात्रु हाल्ने, चालकले तिव्र गतिमा सवारी चलाउने गर्नाले सर्वसाधारणको ज्यान नै जोखिममा रहेको गुनासो राखे । यस्ता गतिविधिलाई नियन्त्रण गर्न गाउँपालिकाले मापदण्ड तयार गरेरै प्रक्रिया थाल्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गतौलाले बताउनुभयो । त्यस्तै छलफलले गाउँपालिकाभित्रका विभिन्न सडकको अस्थायी रुट पर्मिटका लागि जिल्ला प्रशासन कार्यालयसँग माग गर्ने पनि निर्णय गरेको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram