NarayaniPost.com
बिहिबार, माघ २५, २०८०

‘माइतीघर २’का लागि लगानी खोज्दै सिक्किम पुगे भुवन केसी

नारायणी पोस्ट
बुधबार, मंसिर १, २०७८

२०७८ मंसिर १ गते

काठमाडौं । सिक्किम सरकारले विश्वका जुनसुकै भाषामा बन्ने चलचित्रको छायांकन सिक्किममा गरेको खण्डमा १ करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्‍यो । सिक्किमका एक मन्त्री केही महिना अगाडि नेपाल आएर चलचित्र छायांकनका लागि सिक्किम आउन आग्रह पनि गरे ।

१ करोड ६० लाख रुपैयाँमा चलचित्र नै निर्माण गर्दै आएका कैयौं निर्माताका लागि सिक्किम सरकारको यो अफर ढुंगा खोज्दा देउता मिलेजस्तै भएको छ । अहिले नेपाली निर्माताहरु पालैपालो सिक्किम पुगिरहेका छन् ।

नायक भुवन केसी पनि केही दिनअघि सिक्किम पुगे । उनी निर्माता राजेश घतानीलाई साथमा लिएर सिक्किम पुगेका हुन् ।

भुवनले होम प्रोडक्सनको तीनवटा चलचित्र ‘एन्टी हिरो, पारस र माइतीघर २’ घोषणा गरिसकेका छन् । तर, यी तीनवटै चलचित्र बन्छन् बन्दैनन् पक्का छैन । बुझिएअनुसार भुवन सिक्किम सरकारको अफरबारे विस्तृतमा बुझ्न सिक्किम पुगेका हुन् ।

उनी चलचित्र ‘माइतीघर २’ छायांकन सिक्किममा गर्न चाहन्छन् । अहिले चलचित्र ‘बाबरी’को छायांकन सिक्किममा भइरहेको छ ।

सिक्किम सरकारको योजना अनुसार काम अगाडि बढे अब केही समय नेपाली चलचित्रमा त्यहाँका रमणीय दृश्य र स्थानीय कलाकारलाई हेर्न पाइनेछ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram