NarayaniPost.com
शुक्रबार, जेष्ठ ११, २०८१

संसारभरी कोरोनाभाइरसको नयाँ भेरियन्टले खतरा पुनः बढ्यो : डब्ल्यूएचओ

नारायणी पोस्ट
मङ्लबार, मंसिर १४, २०७८

२०७८ मंसिर १४ गते

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संसारभरी संक्रमण असाध्यै बढ्ने खतरा पैदा भएको चेतावनी दिएको छ । स्वास्थ्य संगठनले सोमबार संसारका केही क्षेत्रमा यसको गम्भीर परिणाम हुनसक्ने बताएको छ ।

डब्ल्युएचओका प्रमुख डा. टेड्रोसले एकपटक पुनः धनी देशलाई गरिब देशलाई खोप उपलब्ध गराउन अपिल गर्दै कोभिड–१९ को खतरा अहिले नै नरोकिएको चेतावनी दिए । यो महिनाको सुरुवातमा दक्षिण अफ्रिकामा यो नयाँ भेरियन्टबारे पत्ता लागेको हो । सुरुवाती प्रमाणको आधारमा नयाँ भेरियन्टको म्युटेशन निकै धेरै भएको र संक्रमणको खतरा धेरै नै भएको बताइएको छ ।

यो भेरियन्टबारे तुरुन्त जानकारी दिएकोमा दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको छ । डब्ल्यूएचओले आफ्नो एक बयानमा भनेको छ, ‘यो भेरियन्ट निकै तीब्र रुपमा म्युटेट भइरहेको र यसमा केही म्युटेशन चिन्ताको विषय हो ।’

सोमबार डा. टेड्रोसले संसारभरीका वैज्ञानिकले नयाँ भेरियन्ट कति तीब्र गतिमा सर्छ र भ्याक्सिनमा यो नयाँ भेरियन्टले कस्तो प्रतिक्रिया दिइन्छ भनेर पत्ता लगाउनमा जुटेका छन् ।

उनले भने, ‘हामीमध्ये धेरैले कोभिड–१९ लाई हराइसकेको सोचेका थियौं । ओमिक्रोन देखिएपछि थाहा हुन्छ कि यस्तो छैन । ’

हालसम्म नयाँ भेरियन्टका कारण कसैको पनि मृत्यु भने नभएको स्वास्थ्य संगठनले स्पष्ट पारेको छ ।

यसअघि डब्ल्यूएचओले शुक्रबार कोभिड–१९ को हालै भेटिएको स्ट्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गर्दै यसको नाम ओमिक्रोन राख्यो ।

भेरियन्ट अफ कन्सर्नको सूचीमा पर्नुको अर्थ अब ओमिक्रोन पनि डेल्टा, अल्फा, बिटा र गामा भेरियन्ट झैं कोरोनाको सबैभन्दा चिन्ताजनक भेरियन्टमध्ये एक हो । यद्यपि, संसारमा हालसम्म सबैभन्दा धेरै विनास डेल्टा

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram