२०७८ मंसिर ३ गते
काठमाडाैं । स्पेनिस ला लिगाकाे जारी सिजन बार्सिलाेना खराब नतिजाबाट गुज्रिएकाे अवस्था छ। हरेक सिजन उपाधि दाैडमा रहने बार्सिलाेनालार्इ
यस पटक च्याम्पियन्स ला लिग यात्रा तय गर्न हम्मेहम्मे पर्ने देखिन्छ ।
टाेलीले लिगमा खराब नतिजा निकालेपछि बार्सिलाेनाले तीन साताअघि मात्र प्रशिक्षक राेनाल्डाे काेम्यानलार्इ बर्खास्त गरेर पूर्व स्टार जाभी हर्नान्डेजलार्इ मुख्य प्रशिक्षककाे रूपमा अनुबन्ध गरेकाे छ । सन् २०२४ सम्मका लागि जाभी टाेली सम्हाल्न तयार भएसँगै बार्सिलाेना उत्साहित बनेकाे छ ।
४१ वर्षीय जाभीले टोली सम्हालेपछि पनि बार्सिलोनाले घरेलु मैदानमा सेल्भा भिगोसँग ३–३ गोलको बराबरीमा चित्त बुझाएको थियो । उक्त खेलमा बार्सिलोना पहिलो हाफमै तीन गोलको अग्रता लिएर पनि अंक बाँड्न बाध्य बनेको थियो ।
सेल्टा भिगोसँगको खेलपछि कडा रुपमा प्रस्तुत भएका जाभीले टिम सुधारका लागि नयाँ योजना बनाएका छन् । जाभीले खेलाडीलाई खेलाडीको शैलीमा प्रस्तुत हुन आग्रह समेत गरेका छन् । जाभीले भनेका छन, ‘सेल्टा भिगोसँग जे भयो, त्यो ठीक भएन । पहिलो हाफमा तीन गोलले अगाडी रहेर पनि खेल बराबरीमा टुंगिन्छ भने त्यो पक्कै राम्रो होइन ।’ जाभीले आफ्ना खेलाडीलाई बार्सिलोनासँग आवद्ध हुन पाएकोमा गर्व गर्न अनुरोध समेत गरेका छन् ।
१७ बर्ष खेलाडीको रुपमा बार्सिलोनामा विताएका जाभीले आठ पटक स्पेनिस ला लिगा र चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । उनले सन् २०१५ मा बार्सिलोना छाडेका थिए । उनी पछिल्लो समय कतारी क्लब अल सादमा आबद्ध भएका थिए । जाभीले सन् २०१० मा स्पेनलाई विश्वकप उपाधि जिताउनुका साथै दुई पटक युरोपियन च्याम्पियनसिप समेत जिताएका थिए ।
जाभीको प्रशिक्षणमा उत्साहित देखिएको बार्सिलोना अबका खेलमा सुखद नतिजा निकाल्ने तयारीमा जुटेको छ । खेलाडीलाई कडा अभ्यास गराई रहेका जाभी आगामी खेलमा लगातार जित निकाल्ने योजनामा छन् । बार्सिलोनाले भर्खर ब्राजिलियन रक्षक ड्यानी आल्भेसलाई क्लबमा अनुबन्ध पनि गरेको छ ।
बार्सिलोना अहिले १७ अंक सहित लिग तालिकाको नवौं स्थानमा छ । १२ खेल सकेको बार्सिलोनाले चार जित, पाँच बराबरी र तीन हार खेपेको छ । ला लिगाको आफ्नो १३औं खेलमा बार्सिलोनाले शनिबार राति घरेलु मैदानमा स्पान्योलसँग प्रतिस्पर्धा गर्दैछ ।
फिफा विश्वकप छनोट खेलका कारण दुई साता विश्राम लिएको स्पेनिस ला लिगाको १४औं राउन्डका खेलहरु भने शुक्रबार रातिदेखि पुनः सुरु हुँदैछ ।