NarayaniPost.com
मङ्लबार, फाल्गुन १, २०८०

दुनियाकै अनौठो स्वीमिङ पुल, जसको मुनि छ पूरै सहर

नारायणी पोस्ट
शुक्रबार, मंसिर ३, २०७८

२०७८ मंसिर ३ गते


स्वीमिङ पुल भन्ने बित्तिकै तपाई हामी पौडीन अनि आनन्द लिनको लागी भन्ने बुझ्छौं । हुन पनि त त्यही हो । तर आज हामी तपाईहरुलाई यस्तो स्वीमिङ पुलको बारेमा जानकारी दिन गईरहेका छौं । जाहाँ पौडीन मात्र नभई पौडीदै सहर घुम्न समेत पाईन्छ ।

युएइको दुबईमा संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल छ । डीप डाइभ दुबई (Deep Dive Dubai) नामक उक्त स्वीमिङ पूलमा पौडी खेल्न चाहनेहरु १ सय ९६ फिट अर्थात् ६० मिटर गहिराइ सम्म जान सक्दछन् । सो गहिराई सम्म पुग्दा पुलमा डुबेकाहरुले एउटा काल्पनिक शहरका अवशेषहरुको आनन्द उठाउन सक्दछन् ।

दुबई सहरबाट झण्डै १५ मिनेटको दूरीमा पर्ने नाद अल शेबा भन्ने ठाउँमा उक्त पुल निर्माण भएको हो । यो स्वीमिङ पूलमा करीब १ करोड ४० लाख लिटर पानी हालिएको छ ।

दुबईको यो ६० मिटर गहिरो स्वीमिङ पूलले किर्तिमान समेत कायम गरेको छ । यस अघि सो किर्तिमानँ पोल्याण्डमा निर्मित ४५ मिटर गहिरो डीप स्पट नामक स्वीमिङ पूलको नाउँमा थियो ।

निश्चित पाहुनाहरुका लागि मात्र खुल्ला गरिएको दुनियाकै सबैभन्दा गहिरो स्वीमिङ पुलमा हलिउडका अभिनेता विल स्मिथले यो स्वीमिङ पूलमा पौडी खेलेका छन् । अगष्ट महिनादेखि भने अन्यलाई पनि खोलिने अनुमान गरिएको. छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram