२०७८ मंसिर ३ गते
काठमाडौं । अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्न पुगेकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) ले महाराजगन्जस्थित दूतावासमा एमसीसीको विरोधमा प्रदर्शन गरेको हो । एमसीसी पारितका लागि दवाव दिनकै लागि अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश नेपाल आएको भन्दै त्यसको विरोधका अमेरिकी दूतावास घेराउसहित विरोध प्रदर्शन गरिएको क्रान्तिकारी माओवादीका नेता टेक बहादुर विश्वकर्माले बताए ।
सो क्रममा प्रहरीले विश्वकर्मासहित क्रान्तिकारी युवा लिगका अध्यक्ष अमिर महर्जन, नेपाल दलित मुक्ति मोर्चाको सचिवालय सदस्य शोभा विश्वकर्मा, नेताहरु खगेन्द्र छन्त्याल, जगदीश महर्जन, राधाकृष्ण थापा, ज्ञान प्रसाद तिवारी, शंकर बोहरा , सुवास आरसीलगायत पक्राउ परेको बताइएको छ । क्रान्तिकारी माओवादसहितका साना दलले एमसीसीको कडा विरोध गर्दै आउको छ ।