NarayaniPost.com
बिहिबार, मंसिर १, २०७९

दिनमा पाँच गिलास आफ्नै पिसाब पिउँछिन् यी महिला

नारायणी पोस्ट
सोमवार, मंसिर ६, २०७८

२०७८ मंसिर ६ गते

काठमाडौं । आफ्नो प्यास शान्त र शरीरलाई हाइड्रेट राख्नका लागि मानिसहरु विभिनन प्रकारका पेय पदार्थ पिउन रुचाउँछन् तर तपाईंले कहिल्यै मानिसले आफ्नै पिसाब पिएको देख्नुभएको छ ? ५३ वर्षकी एक महिलाले उनलाई आफ्नो पिसाब पिउने बानी परेको र यसको स्वाद उनलाई कुनै स्याम्पेनजस्तो लाग्ने बताएकी छिन् । महिलाले पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन र उनलाई पानी पिउनुभन्दा पिसाब पिउन सजिलो लाग्ने बताएकी छिन् ।

द सनका अनुसार​क्यारी नामकी यी महिला कोलोराडोमा बस्छिन् । महिलाको दाबी अनुसार उनी दिनमा करिब पाँच गिलास आफ्नै पिसाब पिउँछिन् र उनी पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन् । यो हिसाबले हेर्ने हो भने महिलाको शरीरमा अहिलेसम्म करिब ३,४०६ लिटर पिसाब गइसकेको छ । टीएलसीको ‘माई स्ट्रेन्ज एक्डिक्सन’ मा महिलाले उनलाई मनतातो पिसाब पिउन मन पर्ने बताइन् र यसले उनलाई शान्ति प्रदान गर्ने बताएकी छिन् ।

क्यारीले भनिन्, ‘पिसाबको गन्ध मेरो खानामा निर्भर हुन्छ । यसको स्वाद पछिल्लो चार वर्षमा मेरा लागि निकै परिवर्तन भएको छ । थुप्रै पटक यो नुनिलो हुन्छ र कतिपटक मलाई यो स्याम्पेनजस्तो लाग्छ । तपाईं शरीरबाट निस्कने थुप्रै कुराको स्वाद चाख्न सक्नुहुन्छ । यस्ता धेरै कुरा छन् जुन मलाई मनपर्दैन किनभने यी स्वादिला हुँदैनन् ।’

महिलाले थपिन्, ‘मलाई कुरिलोलगायतका खानेकुरा निकै मनपर्छन् । तर म अब यो खादिनँ किनभने यसले पिसाबको स्वादलाई बिगारिदिन्छ । ’ चार वर्षअघि आफूलाई मेलानोमा क्यान्सर भएको थाहा भएपछि केमोथेरापी गर्नुको साटो पिसाब पिउन सुरु गरेको बताइन् । मेलानोमा क्यान्सर एक प्रकारको छालाको क्यान्सर हो ।

त्यसपछि क्यारीको जीवनमा पिसाबको प्रयोग बढ्दै गयो । उनले पानी पिउन जारी राखिन् र आफ्नो हेरविचारका लागि विभिन्न तरिकाको उपयोग पनि गरिन् । क्यारीले भनिन्, ‘म टुथपेस्टको साटो पनि यसको प्रयोग गर्छु । यसले मेरो दाँतलाई भित्रैदेखि चम्काउँछ । ’ क्यारी आफ्नो आँखा–कानमा यसको थोपा पनि हाल्छिन् र यसलाई कपालको जरामा पनि लगाउँछिन् ।

क्यारीका अनुसार उनी नुहाउने बेला उनको बासी पिसाबले एक उत्कृष्ट लोसनको रुपमा काम गर्छ । यद्यपि, क्यारीकी छोरी केसी आफ्नी आमाको स्वास्थ्यको विषयमा अत्यधिक चिन्तित छिन् । केसी भन्छिन्, ‘के यस्तो गर्नु साँच्चै नै मेरी आमाको स्वास्थ्यका लागि राम्रो छ ? मलाई यो कुराले असाध्यै चिन्तामा पार्ने गर्छ ।’

आफ्नी छोरीको कुरा सुनेर क्यारी डाक्टरलाई भेट्न सहमत पनि भइन् । उनले क्यारीको कम्मरमा भएको एउटा कोठीको विषयमा पनि आफ्नो चिन्त व्यक्त गरिन् । त्यसपछि डाक्टरले उनलाई तुरुन्त बायोप्सी गराउन सुझाए । तर क्यारीले पारम्परिक चिकित्सा पद्धतिलाई त्याग्न अस्वीकार गरिन् । क्यारीका अनुसार यो विषयमा उनले जति पनि अध्ययन गरिन्, त्यसअनुसार यदि उनले पिसाब थेरेपी त्यागेको खण्डमा उनको मृत्यु हुनेछ ।

आन्य समाचारहरु:-
November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram