NarayaniPost.com
बुधबार, असार २७, २०८०

एमाले महाधिवेशन आजबाट सुरु, चितवनमा अधिकांश शिर्ष नेता

नारायणी पोस्ट
शुक्रबार, मंसिर १०, २०७८

चितवन / नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चल्नेछ । महाधिवेशनको नारायणी नदी किनारमा उद्घाटन सत्र गरिने भएको छ भने बन्द सत्र सौराहामा हुने एमालेले जनाएको छ ।
महाधिवेशनमा सहभागी हुनका लागि एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता चितवन आइपुगेका छन् । अधिकांश शीर्ष नेताहरु हवाई यात्रामार्फत हिजो बिहीबार नै चितवन आएका हुन् ।


उक्त महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र अतिथिहरू पनि सहभागी हुने भएका छन् । भरतपुर विमानस्थलका निमित्त प्रमुख दीपक विक अनुसार उनीहरु बुद्ध एयरको ११ वटा र गुण एयरको तीन वटा विमानमार्फत आएका हुन् ।


विमानस्थलमा उनीहरूलाई स्वागत गर्नेको भीड थियो । शीर्ष नेताहरू आएकाले स्वागतका लागि नेता कार्यकर्ताको बाक्लो भिड लागेको थियो ।
एमाले अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, नेताहरू सुवास नेम्वाङ, महेश बस्नेत, शंकर पोखरेल, विष्णु पौडेल, विद्या भट्टराई, बिन्दा पाण्डे, टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, पद्मा अर्याल, शेरधन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत १९ नेताहरु रहेका छन् ।


यस्तै एमाले उपाध्यक्ष भीम रावल पनि सडकमार्ग हुँदै चितवन आइपुगेका छन् । पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि चितवन आएका छन् । नेताहरूको आगमन ह्वात्तै बढेपछि सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा असहज देखिएको थियो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram