२०७८ मंसिर १६ गते
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ का प्रेमसिं तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दामी गरिरहेका छन् । उनले सदरमुकाममा मेकानिक पसल बेचेर व्यावसायिक रुपमा बट्टाईपालनतिर लागेका हुन् । उनले सातामा रु चार हजारको बट्टाईको अण्डा बिक्री गर्दै आएका छन् । बजारमा प्रतिअण्डा रु दशमा बिक्री हुँदै आएको छ । मासुका लागि एउटा बट्टाई रु २०० देखि ४०० सम्ममा बिक्री गर्दै आएको तामाङले बताए । लामो समय घडी, रेडियो बनाउने मेकानिक पसल खोलेर बसेको तामाङ बट्टाई चरासँग रमाउन थालेको दुई वर्ष भयो । उनले अहिले घरमा ३०० भन्दा बढी बट्टाई पाल्दै आएका छन् ।
राम्रो आम्दानीको स्रोतसँगै घरको सन्दर्यसमेत दिने भएकाले बट्टाई व्यवसायबाट आफू सुन्तुष्ट रहेको तामाङको भनाइ छ । उनले भने, “अन्य जिल्लाबाट चल्ला ल्याउन पथ्र्यो । बाहिर जिल्लाबाट चल्ला ल्याउँदा धेरै बच्चा मर्ने भएकाले अहिले आफैँ हेचिङ मेसिन बनाएर बच्चा उत्पादन गर्न थालेको छु ।” तामाङ लामो समयसम्म मेकानिक क्षेत्रमा काम गरेकाले बट्ट्राईको चल्ला उत्पादन गर्ने हेचिङ मेसिन ताप्लेजुङमै पहिलोपटक आफैँले बनाएको दाबीसमेत गरे ।