NarayaniPost.com
शनिबार, असार ३०, २०८०

चितवनमा आजदेखि बाघ गणना सुरु गर्दै, ६ सय क्यामरा प्रयाेग हुदै

नारायणी पोस्ट
आइतवार, मंसिर १९, २०७८

२०७८ मंसिर १९ गते

चितवन । आजदेखि राष्ट्रिय बाघ गणना सुरू हुँदै छ । वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवको उपस्थितिमा चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट औपचारिक कार्यक्रम गरी बाघ गणना सुरु गर्न लागिएको हो । क्यामेरा ट्रयापिङ विधिबाट गरिने बाघ गणनामा छ सय क्यामेरा प्रयोग गरिनेछ ।

बाघ गणना उद्घाटनका लागि वनमन्त्री यादवसहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका डा। रामचन्द्र कँडेललगायतको टिम शनिबार नै चितवन आइपुगेको छ । क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधिमार्फत बाघ गणना गरिने कँडेलले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार गणनाका लागि आवश्यकताअनुसार हात्ती, गाडी, मोटरसाइकलको प्रयोग हुनेछ । गणनाका लागि क्यामेरालाई १५ देखि २१ दिनसम्म राखेर आवतजावत गर्ने बाघको तस्विरलाई कैद गर्ने र पछि फोटो हेरेर बाघको संख्या यकिन हुनेछ । गणनामा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, विज्ञहरू, प्रशिक्षार्थी विद्यार्थीहरु, नेचर गाइडहरु सहभागी हुनेछन् ।

देशभर बाघ गणनाका लागि करिब चार करोड रुपैयाँ खर्च हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । यसमा नेपाल सरकारको ८४ लाख रुपैयाँ खर्च हुनेछ । बाँकी राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोगमा विश्व वन्यजन्तु कोष ९डब्लुडब्लुएफ० र जुलोजिकल सोसाइटी अफ लण्डन९जेडएसएल०ले खर्च गर्नेछन् । सन् २०१८ मा गरिएको गणना अनुसार देशभर गरिएको गणनामा २३५ वटा बाघ भेटिएका थिए । चितवन निकुञ्जमा ९३, बर्दिया निकुञ्जमा ८७, पर्सा निकुञ्ज र आसपासमा १८, बाँके निकुञ्ज र आसपासमा २१, शुक्लाफाँटा र आसपासमा १६ वटा वयस्क बाघ भेटिएका थिए ।

देशभर एक वर्षको अवधिमा बाघको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । धेरैजसो बाघको आक्रमणको घटना साँझ, बिहान बाघ सक्रिय हुने समयमा भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी तथा इकोलोजिस्ट वेदकुमार ढकालले जानकारी दिनुभयो । ‘निकुञ्ज क्षेत्रमा आवतजावत गर्न मनाही छ । तर, माछा मार्ने, निगुरो र साग टिप्नेहरू जंगलभित्र पुग्दा आक्रमणमा परेका छन्,’ उहाँले भन्नुभयो ।

सबैभन्दा धेरै बर्दिया र चितवनमा मान्छे–बाघ द्वन्द्व छ । असामान्य समयमा मानवीय क्रियाकलाप बढेका कारण घटना भएको ढकालको बुझाइ छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram