NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

झापामा आठ सय बढी मान्छे हराए

नारायणी पोस्ट
मङ्लबार, मंसिर २१, २०७८

२०७८ मंसिर २१ गते

झापा । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै महिला छन् । हराउने महिलाको सङ्ख्या एक सय ४४ छ । यस्तै, पुरुष ६८, बालबालिका ४६ र ज्येष्ठ नागरिक १० जना छन् । जसमध्ये एक सय ३० जना फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्थात् हराएको कुल सङ्ख्याको ४८ प्रतिशत मानिस फेला परेका छन् ।

उमेर समूहलाई आधार मान्ने हो भाने झापामा चालू आर्थिक वर्षमा सबैभन्दा धेरै १८ देखि ३० वर्ष उमेर समूहका युवायुवती हराएका छन् । उनीहरूको सङ्ख्या एक सय ३४ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

आर्थिक वर्ष ०७८/७९ को कात्तिक मसान्तसम्ममा हराएकामध्ये ४३ प्रतिशत पुरुष, ४४ प्रतिशत महिला, ७४ प्रतिशत बालबालिका तथा ३० प्रतिशत ज्येष्ठ नागरिक फेला परेको उनले बताए । हराएकामध्ये चालू आव ०७८/७९ को कात्तिक मसान्तसम्म एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, गत आव ०७७/७८ मा आठ सय आठ जना मानिस हराएका थिए । जसमा सबैभन्दा धेरै महिला हराएको प्रहरीले जनाएको छ । पुरुष एक सय ६६, महिला चार सय २४, बालबालिका एक सय ८८ र ज्येष्ठ नागरिक ३० जना हराएको प्रहरीले जनाएको छ ।

हराएकामध्ये ४२ प्रतिशत अर्थात् चार सय ४० जना अझै फेला नपरेको तथ्याङ्क प्रहरीसँग छ । हराएकामध्ये १८ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै तीन सय ४७ जना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएकामध्ये ४९ प्रतिशत पुरुष, ५३ प्रतिशत महिला, ७६ प्रतिशत बालबालिका तथा ६७ प्रतिशत ज्येष्ठ नागरिक फेला परेका छन् । अघिल्लो आर्थिक वर्षमा हराएकामध्ये पाँच जना मृत अवस्थामा फेला परेको पाठकले जानकारी दिए ।

घरायसी समस्या, आर्थिक अभाव, माया प्रेम, मानसिक असन्तुलन, सङ्गत, मादक पदार्थ र लागुऔषधका कारणले हराउने गरेको डिएसपी पाठकले जानकारी दिए । प्रहरीको तथ्याङ्क हेर्दा बर्सेनि हराएकामध्ये करिब आधा मात्र फेला परेको देखिन्छ । यद्यपि मानिस फेला परे पनि प्रहरीलाई जानकारी नगराउँदा नभेटिएकाको सङ्ख्या धेरै भएको पाठकले बताए ।

‘मानिस हराएपछि सबैले प्रहरीमा जानकारी गराउँछन् । तर, भेटिएपछि वास्ता गर्दैनन् । त्यो हुँदा नभेटिनेको सङ्ख्या धेरै देखिन्छ । तर, त्यो मान्छे भेटिएको हुन्छ,’ उनले भने, ‘भेटिएपछि खबर गर्ने चलन छैन । तर, प्रहरीकहाँ भएको तथ्यांकले चाहिँ नभेटिने धेरै देखिन्छ । तर, ती मान्छे भेटिएका पनि हुन्छन् ।’

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram