NarayaniPost.com
बिहिबार, साउन ४, २०८०

आज विश्व मानव अधिकार दिवस मनाइँदै

नारायणी पोस्ट
शुक्रबार, मंसिर २४, २०७८

२०७८ मंसिर २४ गते

काठमाडौं । आज विश्व मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष १० डिसेम्बरको दिन नेपालसहित विश्वभर विश्वभर मानव अधिकार दिवस मनाउने गरिन्छ ।

मानवीय मूल्य, मान्यता, मानव सभ्यता तथा मानव अधिकार संरक्षणप्रतिको प्रतिबद्धता लोकतान्त्रिक व्यवस्था, दिगो शान्ति र विकासको आधारस्तम्भ रहेको तथ्यलाई स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर, १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरिएको यसै दिनको सम्झना स्वरूप प्रत्येक वर्ष आजको दिनलाई विश्व समुदायले महत्वपूर्ण दिवसको रूपमा मनाउँदै आएको छ ।

दिवसको उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमार्फत देउवाले नेपाल संयुक्त राष्ट्र संघको सदस्य भए पश्चात मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनको कार्यमा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता जनाउँदै आएको उल्लेख गरेका छन् । सोही प्रतिबद्धता अनुकूल हुने गरी नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार अन्तर्गतका प्रायः सबै अधिकारहरूलाई मौलिक हकको रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

उपचार बिनाको हकको अर्थ नरहने हुँदा मानव अधिकारको हनन उपर सक्षम र स्वतन्त्र न्यायपालिकाबाट प्रभावकारी उपचार पाउने कुरालाई संवैधानिक रूपमा नै सुनिश्चित गरिएको उनको भनाइ छ ।
कोभिड–१९ महामारीले सिर्जना गरेको चुनौतीपूर्ण परिस्थितिमा पनि सरकारले आफ्ना नागरिकको मानव अधिकारको संरक्षणमा दत्त चित्त भएर विभिन्न प्रयास गरिरहेको उनले उल्लेख गरेका छन् । यसै वर्षको अन्त्यसम्ममा सबै नेपाली नागरिकलाई निःशुल्क खोप लगाइसक्ने गरी कार्य भइरहेको उनले स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री देउवाले प्रजातान्त्रिक व्यवस्था स्वयं मानव अधिकारको उपज भएको उल्लेख गर्दै प्रजातान्त्रिक व्यवस्थामा मात्र मानव अधिकारको प्रत्याभूति र त्यसको निर्वाध उपभोग सम्भव रहेको बताएका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram