NarayaniPost.com
बुधबार, साउन १०, २०८०

अमेरिकामा टोर्नाडोका कारण मृत्यु हुनेको संख्या ७० भन्दा बढी

नारायणी पोस्ट
आइतवार, मंसिर २६, २०७८

२०७८ मंसिर २६ गते

काठमाडौं । अमेरिकामा शक्तिशाली टोर्नाडोका कारण मृत्यु हुनेको संख्या ७० भन्दाबढी पुगेको अधिकारीहरुले जनाएका छन् । उद्धारका लागि टोली परिचालन गरिएको र प्रभावितहरुको खोजी तथा उद्धारको काम भइरहेको जनाइएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनले टोर्नाडो प्रभावित क्षेत्रमा मद्दतका लागि हरसम्भव प्रयास गर्ने जनाएका छन् । टोर्नाडोबाट नराम्ररी प्रभावित भएको केन्टकी राज्यका लागि राहत कोष जारी गर्दै उनले आपतकालीन विपत् घोषणामा हस्ताक्षर गरेका छन् ।

मृतकमध्ये धेरैजसो केन्टकी राज्यको एउटा मैनबत्ती कारखानामा काम गर्ने मानिस रहेको जनाइएको छ । सो कारखानामा रहेका ११० जनामध्ये ४० जनालाई सुरक्षित रुपमा उद्धार गरिएको छ ।​ टोर्नाडोबाट सबैभन्दा बढी जनधनको क्षति पनि केन्टकीमै भएको छ । केन्टकीका गभर्नर एन्डी बेशियरका अनुसार अब भग्नावशेषबाट कसैलाई जीवितै उद्धार गर्नु एउटा चमत्कारसरह हुनेछ ।

राज्यमा दशौं हजार नागरिक विद्युत तथा पानीको सुविधाबाट वञ्चित भएका छन् । केन्टकी भन्दा बाहिरका राज्यमा पनि कम्तीमा १२ जनाको मृत्यु भएको जनाइएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram