NarayaniPost.com
शनिबार, जेष्ठ १२, २०८१

ओमिक्रोनले चीनमा पुनः लकडाउन

नारायणी पोस्ट
बिहिबार, पुस ८, २०७८

२०७८ पुष ८ गते

काठमाडौं । चीनमा ४ फेबु्रअरीदेखि शीतकालिन ओलम्पिक सुरु हुँदै छ । शिआन र आसपासको क्षेत्रमा प्रतिबन्धको नियम अनुसार एक घरबाट दुई दिनमा एक पटक मात्रै एक व्यक्ति अत्यावश्यक सामग्रीको खरिदका लागि बाहिर जान पाउने छन् । विशेष परिस्थिति बाहेक सबै सवारी साधनमा रोक लगाइएको छ । घरमा आपतकालिन स्थिति बाहेक घरबाट ननिक्लनका लागि आग्रह गरिएको छ ।

कोरोनाको नयाँ स्वरुप ओमिक्रोनको असाधारण प्रसारले विश्वमा चिन्ता बढाएको छ । अचानक कोभिड–१९ संक्रमणको ६२ केस देखा परेपछि १.३० करोड जनसंख्याको शिआन सहरमा बुधबार रातीदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरिएको छ । यसैगरी बेलायतमा पनि बुधबार १ लाख भन्दा बढी मामिला देखा परेको छ । अमेरिकामा त झनै दुई महिनादेखि दैनिक १ लाख भन्दा बढी मामिला देखा परेको छ ।

यसैगरी बेलायतमा १ लाख ६ हजार १ सय २२ संक्रमित देखा परेको छ । यहाँ पनि नयाँ वर्षको खुसीयाली मनाउन प्रतिबन्ध लगाउने योजना बनाइएको छ । वेल्सल्यान्डको सरकारले त क्रिसमसको १ दिनपछि अनिश्चितकालका लागि घरबाट बाहिर आउन र धेरै मानिस भेला हुनबाट रोक लगाएको छ ।

रेष्टुरामा पनि एक पटकमा ६ भन्दा बढी मानिस भेला हुन पाउने छैनन् । नयाँ अध्ययन अनुसार ओमिक्रोनको असर न्यून भएको पुष्टि भए बावजुद कयौँ देशले नयाँ वर्षमा थप प्रतिबन्ध लगाउने विचार गरिरहेका छन् ।

जर्मनीमा नयाँ वर्षमा खुसीयाली मनाउन रोक

जर्मनीले नयाँ वर्षमा खुसीयाली मनाउन रोक लगाएको छ । जापानले नयाँ केसमा सीमा नियन्त्रण जारी राख्ने निर्णय लिएको छ । सिंगापुरले बिहीबारदेखि क्वारिन्टिनमुक्त यात्राका लागि आफ्नो उडान र बसको नयाँ टिकटको बिक्रीमा रोक लगाएको छ ।

यो मार्च २० होइन, लडिन्छः जो बाइडेन

२०२० को मार्च २० गइसकेको छ । त्यसैले हामी ओमिक्रोनसँग लड्नका लागि तयार भएको बाइडेनले बताए । बाइडेनको एक सम्बोधनमा भनिएको छ,‘खोपप्रति जोड दिइएको छ । घरमै परीक्षणका लागि सरकारले ५० करोड किट निःशुल्क बाड्ने भएको छ ।’

बलुचिस्तानमा ओमिक्रोनको १२ बिरामी

पाकिस्तानको बलुचिस्तान प्रान्तमा कोरोनाको ओमिक्रोन प्रकारको १२ शंकास्पद बिरामी देखा परेका छन् । बिरामीलाई एकान्तवासमा पठाएर उनीहरुको नमुना पुष्टिका लागि पठाइएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram