NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

चितवनमा पोलियो अभियानका लागि ३२ लाख भन्दा बढी रकम सङ्कलन

नारायणी पोस्ट
सोमवार, पुस १२, २०७८

२०७८ पुष १२ गते

चितवन । रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रिजन ६ ले आइतबार साँझ यहाँ आयोजना गरेको पोलियो अभियान सहयोग कार्यक्रममा रु ३२ लाख २३ हजार आर्थिक सङ्कलन गरेको छ । कार्यक्रममा नारायणी कला मन्दिरका कलाकारले आफ्नो कला प्रस्तुत गरेका थिए । सो अवसरमा सहभागी रोटरियनहरुले पोलियोमुक्त अभियानका लागि स्वतस्फूर्त आर्थिक सहयोग गरेका हुन ।

विश्वबाट पोलियो उन्मूलनको लागि रोटरी क्लबले अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्दै आएको छ । रिजन ६ का पोलियो चेयर विपिन पोख्रेलको संयोजकत्वमा यस क्षेत्रका १४ क्लबको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । सो अवसरमा डिष्ट्रिक्ट गभर्नर सन्तोष रिजाल, पूर्वडिष्ट्रिक्ट गभर्नर रवीन्द्रकुमार पिया, सञ्जय गिरी, किरणलाल श्रेष्ठ, जोन २९ का असिस्टेन गभर्नर तथा पोलियोका सल्लाहाकार शरदगोपाल न्याछ्योलगायतले पोलियो नियन्त्रण अभियानमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा जोन ३० का असिस्टेन गभर्नर नारायण प्रधान, ३१ का असिस्टेन गभर्नर ज्ञानकृष्ण प्रजापती, डिस्ट्रिक्ट पोलियो चेयर सीता रुपाखेती, जोन २ का असिस्टेन गभर्नर भरतकुमार श्रेष्ठलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक पोख्रेलले २० हजार डलर आर्थिक सहयोग सङ्कलन गर्ने लक्ष्य राखिएको भए पनि २६ हजार ४२६ अमेरिकी डलरअर्थात् रु ३२ लाखभन्दा बढी सङ्कलन भएको बताउनुभयो । रोटरी क्लब अफ रत्ननगरका पूर्वअध्यक्षसमेत रहनुभएका पोख्रेलले अहिले पनि पाकिस्तान र अफगानिस्तानमा पोलियो देखिएकाले विश्वबाटै उन्मूलनका लागि सबै रोटरियन यो अभियानमा जुटेको बताउनुभयो । सन् १९८२ बाट रोटरियनले पोलियो उन्मूलनका लागि काम गरिरहेका रिजन ६ का ट्रेनिङ कमिटी चेयर निरञ्जन प्रधानले बताउनुभयो । रासस

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram