NarayaniPost.com
आइतवार, असार ३१, २०८०

चीनमा कोरोना सङ्क्रमितहरुको संख्या बढ्दै

नारायणी पोस्ट
मङ्लबार, पुस १३, २०७८

२०७८ पुष १३ गते

काठमाडौं । चीनमा नै संक्रमित भएका कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै सङ्क्रमणका भएका नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढ्दै गएको पनि ती अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार सोमबार मात्र पनि चीनमा कोरोना भाइरसका १८२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

ती सङ्क्रमतिहरु चीनको साङ्सी प्रान्तमा बढी पाइएका बताइएको छ । तीमध्ये धेरैजसो स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै १५ जना मात्र सङ्क्रमितहरु बाहिरबाट आएका मानिसमा भेटिएको पाइएको मंगलबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले मंगलबार दिएको जानकारीअनुसार चीनमा नयाँ सङ्क्रमित भेटिने क्रम बढ्दै गएको छ ।

यहाँका स्थानीय नागरिकहरुमा नै सङ्क्रमण बढेको पाइएकाले चीन पनि पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको हो । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीब्रता दिएको जनाएको छ । चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram