२०७८ पुष १५ गते
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले ७ जनालाई मंगलबार साँझसम्ममा पक्राउ गरिएको र अर्का एक जना बुधबार बिहान पक्राउ परेको बताए । उनका अनुसार पीडित सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी महिला हुन् । उनका श्रीमान् धेरै पहिलेदेखि बेपत्ता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरुले उनलाई फकाएर होटलमा लगेर सोमबार साँझदेखि मंगलबारसम्म जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको एसपी मैनाली बताउँछन् ।
प्रहरीका अनुसार युवराजले सुरुमा उनलाई फकाएर गेस्ट हाउसमा लगेका थिए । त्यसपछि विभिन्न व्यक्तिले जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेको छ । घटनामा संलग्न अर्का एक जना अझै फरार छन् ।