NarayaniPost.com
बुधबार, असार २७, २०८०

एक शिक्षिकाले विमानको शौचालयमा बिताइन् पाँच घण्टा

नारायणी पोस्ट
शुक्रबार, पुस १६, २०७८

२०७८ पुष १६ गते

काठमाडौं । अमेरिकाको एक स्कूलकी शिक्षिकाले विमानमा यात्रा गरिरहेका बेला कोरोना संक्रमित भएको थाहा पाएपछि उनले आफूलाई हवाईजहाजको शौचालयमा सेल्फ आइसोलेशनमा राखेको बताइन् । उनले यो सबै आफ्नै मर्जीले गरेको पनि स्पष्ट पारिन् ।

मारिसा फोशियाले २० डिसेम्बरमा आफूलाई शिकागोबाट आइसल्याण्ड जाने क्रममा घाँटी दुखेको महसुस गरिन् । उनीसँग रेपिड टेस्ट किट थियो त्यसैले उनले त्यति बेला नै आफ्नो कोरोना परीक्षण गराइन् जुन पोजेटिभ आयो ।

त्यसपछि उनले आफूलाई सेल्फ आइसोलेशनमा राख्ने निर्णय गरिन् । बाँकीको यात्रा शौचालयमा बसेर पूरा गरिन् । यतिबेला उनलाई विमानका कर्मचारीले खाना र ड्रिङ्क्स दिए ।

मारिसाले भनिन्, ‘त्यो पागल नै बनाइदिने अनुभव थियो । विमानभित्र १५० जना यात्री थिए र मेरो सबैभन्दा डर कतै उनीहरुलाई पनि संक्रमण हुने त होइन भन्ने थियो ।

मारिसाले आइसल्यान्डियरको विमानको शौचलयबाट टिकटकमा एउटा भिडियो पनि पोस्ट गरिन् । यतिबेला उनले आफूलाई मद्दत गर्ने विमान परिचारिकाको पनि प्रशंसा गरिन् ।

उनले एनबीसीसँग भनिन्, ‘पाँच घण्टाको यात्रामा मलाई के कुराको आवश्यक पर्छ, त्यसबारे उहाँहरुले एकदमै याद गर्नुभएको थियो । उनीहरुले मलाई बारम्बार मेरो हालखबर सोधिरहेका थिए ।

आइसल्याण्डबाट उत्रिएर उनी रेड क्रस होटलमा आइसोलेट भएको जानकारी दिइन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram