NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

एमसीसीविरुद्ध २२ दलले आइतबार विरोध प्रदर्शन गर्ने

नारायणी पोस्ट
शुक्रबार, पुस १६, २०७८

२०७८ पुष १६ गते

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् ।

२२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका नेता समेत रहेका सीपी गजुरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस १८ गते बस्ने संसद बैठकमा एमसीसी संसदको कार्यसुचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गरिएको बताए । उनले आइतबार दिउँसो १२ बजे माइतीघरमण्डलामा हुने प्रदर्शनमा आम जनतालाई आग्रह समेत गरे ।

नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने योजनाले मूर्तरुप लिन नसकेपनि अमेरिकाले नेपाल सरकार र पार्टीहरुमाथि दबाव दिने काम निरन्तर जारी राखेको बताए । ‘यो क्रम पुस १८ गतेको संसद् बैठकमा पनि जारी रहने भएकाले ‘राष्ट्रघाती एम.सी.सी. सम्झौता संसद्को कार्यसूची बन्न नदिन’ २२ राजनीतिक दल÷सङ्गठनहरुद्वारा विरोध प्रदर्शनको आयोजना गरिएको छ’, २२ दलका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram