NarayaniPost.com
बिहिबार, असार २८, २०८०

अवैधरूपमा चोरी निकासी गरिएको काठ बरामद

नारायणी पोस्ट
आइतवार, पुस १८, २०७८

२०७८ पुष १८ गते

वीरगञ्ज । पर्सा जिल्लाका विभिन्न स्थानबाट पछिल्लो दुई दिनयता रातका समयमा अवैधरूपमा चोरी निकासी गरिएको काठ बरामद हुने क्रम जारी छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले राष्ट्रिय वनबाट अवैधरूपमा चोरी गरी घरमा राखिएको ६४।११ क्युफिट सालको काठ बरामद भएको छ भने सबडिभिजन वन कार्यालय सबैयाको टोलीले नौ थान सालको गोलिया बरामद गरेको हो ।

प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्वको गस्ती टोलीले वीरगञ्ज माानगरपालिकाको वडा नं ३२ टोल रामवन बस्ने आइते विक, नरबहादुर विक, अर्जुन खत्री, टीका पौडेल, गोपाल पौडेलको घरमा छापमारी गरी ती काठ बरामद गरेको हो । सालको गोलाइ, चिरपट, चौकट, चिरान गर्ने दुईवटा मोटर मेसिन, साइकल, फर्निचर बनाउने सामानलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सबडिभिजन वन कार्यालय सबैयाको टोलीले नौ थान सालको गोलिया बरामद गरेको हो । नौ साइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी मिलनचोक अगाडिबाट सालको गोलिया बरामद गरेको सबडिभिजन वन कार्यालय पर्साका वन अधिकृत फरमान मियाँले जानकारी दिनुभयो । गोलिया ओसारपसार गर्ने क्रममा प्रहरीलाई देखेपछि साइकल र काठ छाडेर तस्कर फरार भएको उहाँको भनाइ छ । ‘काठ कसले कहाँबाट ल्याएको हो’ भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

ती काठ र मेसिनलाई आवश्यक कारवाहीका लागि सबडिभिजन वन कार्यालय मधुवन मथवल बढनीहारमा राखिएको छ भने फरार व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ । रासस

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram