NarayaniPost.com
मङ्लबार, साउन २, २०८०

चितवनमा सिडिओ प्रमुख नै ठगिए

नारायणी पोस्ट
मङ्लबार, पुस २०, २०७८

२०७८ पुष २० गते

चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) आस्मान तामाङले आफू ठगिएको बताएका छन् । ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले चितवन फिस हाउसको फ्रिजमा तालाबन्दी गरेको छ । सिडिओ तामाङले व्यवसायीमाथि मुद्दा चलाउने बताएका छन् ।

व्यावसायीहरुका अनुसार सिडिओ तामाङकी श्रीमती आइतबार सरकारी नम्बर प्लेटको ना १ झ ४९९ नम्बरको गाडी लिएर मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको भरतपुर २६ दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपालमा पुगेकी थिइन् । माछा किन्न चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङ पनि दिव्यनगरमै पुगेका थिए ।

सिडिओकी श्रीमती पुग्दा पोखरीबाट निकालेको माछा बिक्री भएर सकिएको थियो । त्यसपछि लुलाराजले पोखरीबाट आफूले खरीद गरेको माछा सिडिओकी श्रीमतीलाई प्रतिकेजी ३०० रुपैयाँका दरले ५.३ केजी बेचे । त्यसपछि बाँकी माछा लिएर लुलाराज आफ्नो पसल तिर लागेको व्यावसायीको भनाइ छ । त्यही दिन बेलुकी ५ बजेपछि सिडिओ तामाङ, उनकी श्रीमती र सहायक सिडिओ भरतपुर ७ मा रहेको लुलाराजको पसल चितवन फिस हाउसमा पुगे ।

त्यसपछि सिडिओले तँ कालाबजारी गर्ने भन्दै अपशब्द बोल्दै आफूमाथि गालीगलौज गरेका लुलाराजले बताएका छन् । त्यसपछि फ्रिजमा ताला लगाएर प्रशासनको टोली फर्कियो ।

त्यसको भोलिपल्ट हिजो सोमबार सिडिओ तामाङ र माछा व्यवसायीबीच आरोप प्रत्यारोप भएको छ । नेपाल मत्स्य व्यावसायी संघ केन्द्रीय समिति र जिल्ला समितिले सोमबार विज्ञप्ति जारी गरी सिडिओले प्रहरी प्रशासनसहित पसलमा पुगेर व्यवसायीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको बताएको छ । सिडिओ तामाङले व्यक्तिगत स्वार्थका कारण आफूमाथि दुव्र्यवहार गरी माछा राखेको डिप फ्रिजमा तालासमेत लगाएको व्यावसायीको आरोप छ ।

त्यसपछि सोमबार नै सहायक सिडिओ चिरञ्जीवी शर्मासँग छलफल भएको थियो । तर सहमति जुट्न नसकेको बताइएको छ ।

प्रजिअ तामाङले व्यावसायी माथि कालोबजारीको मुद्दा चलाइने बताए । आफूले पुस ९ गते पनि दिव्यनगरको उक्त फार्मबाट प्रतिकेजी २४० रुपैयाँमा सात किलो माछा ल्याएको सिडिओले बताए । उनले भने, ‘आइतबार श्रीमती जाँदा एउटा फार्मले चाहिँ २४० मा पसलेको नाममा बिल बनायो । पसलेले फेरि त्यहीँ उतिखेरै ३०० लिएछ । यहाँनिर ठगी भएको छ’ उनले भने ।

फार्मले प्रतिकेजी २४० मा पसलेलाई माछा बिक्री गरेको बिल आफूसँग रहेको बताउँदै सिडिओ तामाङले बेलुका पसलेसँग माछाको बिल लिन गएको बताए । त्यसपछि कालोबजारी गरेको थाहा पाएपछि कारबाही गर्ने बताएको उनको भनाइ छ ।
व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने भए पनि २० प्रतिशतभन्दा बढी नाफा लिएका हुनाले कालोबजारीमा मुद्दा चलाएर कारबाही गर्ने सिडिओ तामाङले बताए ।

‘किसानसँग सस्तोमा लिने अनि त्यहीँ नजिकै महँगोमा बेच्ने । विचौलियाहरुलाई चितवन प्रशासनले छाड्दैन । किसानले बरु ३०० लिएको भए हामीलाई खासै आपत्ती हुन्थेन’ उनले भने ।

व्यावसायीको विज्ञप्ति :

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram