२०७८ पुष २० गते
चितवन । चितवनको रत्ननगर स्थित टिकौली चौरमा आयोजना गरिएको रत्ननगर महोत्सव २०७८ को तयारी भाईरहेको छ । रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ गते देखि माघ ८ गते सम्म महोत्सवको ११ औं संस्करण हुँदैछ ।
प्रत्येक दुइ दुइ वर्षमा आयोजना हुने यस रत्ननगर महोत्सवले समग्र जिल्ला तथा विशेष गरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन,शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई महोत्सवमा जोड दिइएको छ ।
यस बर्षको महोत्सवको मुल्य आर्कषण जिप साइकलिङ,जीप लाइन र राष्ट्रिय स्तरको भविलब प्रतियोगिता रहेको छ । यस पटकको महोत्सवमा समृद्ध नगर, बृहद रत्ननगरको अबधारणा अगाडि बढाइएको संघका अध्यक्ष श्रेष्ठले बताए ।
कोरोना महामारीको कारण श्रृजित आर्थिक, सामाजिक प्रतिकुलता र बिषम परिस्थितिका बीच नेपाली अर्थतन्त्रको बृद्धि र पुनरोत्थानको राष्ट्रिय एजेन्डा कार्यन्वयनमा महोत्सवले सघाउने अपेक्षा गरिएको छ । महोत्सव २०७८ मा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृति सहित राष्ट्रिय, अन्तराष्ट्रिय तथा बहुराष्ट्रिय गरि करिब ३५० स्टलहरु रहने संघका बरिष्ठ उपाध्यक्ष गिरीले बताए ।
महोत्सवमा तीन लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करीब १५ करोडभन्दा बढिको कारोबार हुने अपेक्षा र अनुमान गरिएको गिरीले जानकारी दिए । महोत्सव अन्तरगत पौष २९ देखि ३ गते सम्म ५ दिन रत्ननगरको टांडी बजारमा विभिन्न जनजातीहरुको विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि मासुका विशेष परिकार सहित चौथौं पटक चिकेन एण्ड एग फुड फेष्टिबल आयोजना गरिएको छ । फेष्टवलको काम करिब ७० प्रतिशत सकिएको बरिष्ट उपाध्यक्ष गिरीले बताए ।