NarayaniPost.com
शनिबार, माघ २७, २०८०

वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जनाको उमेदवारी

नारायणी पोस्ट
बुधबार, पुस २१, २०७८

२०७८ पुष २१ गते

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि वाग्मती प्रदेशमा ६ जनाले उमेदवारी दर्ता गराएका छन् । दुई पदका लागि चार दलका ६ जनाको उमेदवारी परेको हो ।

सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र नेमकिपाका तर्फबाट दुई\दुई जनालेउमेदवारी दर्ता गराएका हुन् ।

आज प्रदेश निर्वाचन कार्यालय हेटौँडामा गठबन्धन दलका तर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी)की गोमा तिमल्सिनाको उमेदवारी परेको हो । यस्तै, एमालेका गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामीले उमेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ र गीता काफ्लेको उमेदवारी परेको छ । राष्ट्रियसभा सदस्यको निर्वाचन आउँदो माघ १२ गते हुँदै छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram