२०७८ पुष २१ गते
काठमाडौं । झारखण्डको पाकुडमा बुधबार बिहान एक भीषण सडक दुर्घटनामा १० जनाको मृत्यु भएको छ । साहिबगञ्जबाट दुमका जाँदै गरेको बस लिट्टीपाडा–अमडापाडा रोडमा ग्यास सिलिन्डरले भरिएको ट्रकसँग ठोक्कियो । बसमा ४० भन्दा बढी यात्रा गरिरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले बताएको छ । यसमा करिब २५ जना घाइते छन् ।
ट्रक र बस यति बेस्सरी ठोक्किएका थिए कि दुबै गाडी ध्वस्त भएका छन् । थुप्रै मानिस बसबाट बाहिर निस्किएपछि लडे । बसमा भित्र मानिस त्यहिँ फसेका छन् । बसलाई काटेर मानिसलाई बाहिर निकालिँदैछ । बसका ड्राइभर पनि भित्रै फसिरहेका छन् र उनी हालसम्म जिउँदो नै भएको बताइएको छ । स्थानीयका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्ने आशंका छ ।
प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ । हाल मारिएका व्यक्तिहरुको पहिचान हुन सकेको छैन । घाइतेलाई अस्पताल लगिँदै छ ।