NarayaniPost.com
आइतवार, असार ३१, २०८०

६ सचिव सरुवा, दुई सचिवको दरबन्दी थप

नारायणी पोस्ट
आइतवार, पुस २५, २०७८

काठमाडौं । मन्त्रिपरिषदको बैठकले ६ सचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को गत बुधबारको बैठकले सचिव सरुवाको निणर्य गरे पनि अहिलेसम्म उक्त सरुवा गोप्य राखिएको छ । सरकारले प्रदेश तहका तीन प्रमुख सचिवको समेत सरुवा गरेको छ । प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयकी सचिव यमकुमारी खतिवडाको स्वास्थ मन्त्रालयको प्रशासन तर्फको सचिवमा सरुवा भएको छ ।

यद्यपी उनको दरबन्दी प्रधानमन्त्री कार्यालय अन्तर्गत रहनेछ । हाल प्रदेश-२ मा प्रमुख सचिव रहेका हरिप्रसाद मैनाली महिला मन्त्रालयको सचिवमा सरुवा भएका छन् । भर्खरै सचिवमा बढुवा भएका कृष्णबहादुर राउतलाई मैनालीको ठाउँमा सरुवा गरिएको छ ।
बागमती प्रदेशमा प्रमुख सचिव रहेका किरणराज शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ । तत्कालीन सचिव वेगेन्द्र शर्माले सेवा अवधिका कारण अवकाश पाएपछि रक्षा मन्त्रालयमा सचिव रिक्त थियो ।

राष्ट्रिय पुनर्निर्माणमा प्राधिकरणका सचिव सुशील तिवारीको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको छ। प्राधिकरण खारेज भएसँगै उनलाई लगानी बोर्डमा सचिवको रुपमा लैजाने तयारी थियो । तर लगानी बोर्डमा सचिवको दरबन्दी सिर्जना गर्ने पूर्व योजनाबाट सरकार पछि हटेको छ ।

सतर्कता केन्द्रमा सचिव रहेका दिनेश घिमिरेको उर्जा आयोगमा सरुवा भएको छ । उता, स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फका सचिव रहेका खगेन्द्र नेपालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विशेष सचिवको दरबन्दी सिर्जना गरिएको छ । मन्त्रिपरिषद् कार्यालयमा प्राविधिक सचिव दरबन्दी सिर्जना गरी यसअघि देखि नै त्यहाँ अतिरिक्तमा रहेका रमेश सिंहलाई पदस्थापन गरिएको छ ।

शहरी विकास मन्त्रालयको सचिव रहँदा सचिव सिंह विवादमा परेका थिए । मन्त्री रामकुमारी झाँक्रीसँग सिंहको ठाकठुक समेत परेपछि उनको प्रधानमन्त्री कार्यालयमा अतिरिक्तमा सरुवा भएको थियो । सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा ल्याइएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram