NarayaniPost.com
शनिबार, असार ३०, २०८०

विद्यालय बन्द गर्ने-नगर्नेबारे छलफल बारे शिक्षा मन्त्रालयमा बैठक

नारायणी पोस्ट
सोमवार, पुस २६, २०७८

२०७८ पुष २६ गते

काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सरकारले माध्यमिक तहसम्मका विद्यालय केही दिनका लागि भौतिक कक्षा सञ्चालनमा रोक लगाउने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन सिफारिस गरेपछि शिक्षा मन्त्रालयले त्यसबारे आज निर्णय गर्ने भएको हो । त्यसका लागि मन्त्रालयमा बैठक बोलाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार उक्त बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेल भने सहभागी नहुने भएका छन् । मन्त्री पौडेलको सचिवालयका अनुसार कन्ट्रयाक ट्रेसिङमा परेकाले आजको बैठकमा सहभागी हुन नसक्ने भएका हुन् । ‘मन्त्री ज्यु कन्ट्रयाक टे«सिङमा परेकाले उहाँ आजको बैठकमा सहभागी हुन नसक्ने भएपछि सचिवको नेतृत्वमा बैठक बस्छ’, मन्त्री पौडेलको सचिवालयले भन्यो, ‘आजको बैठकले विद्यालय बन्दबारे ठोस निर्णय गर्नसक्छ ।’

मन्त्रालयका प्रवक्ता दिपक शर्माले सोमबार ११ बजेपछि बस्ने बैठकले विद्यालयहरु कहिलेसम्म बन्द गर्ने भन्ने निर्णय गर्नेछ । आइतबार बसेको सीसीएमसी बैठकले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेरमात्रै सञ्चालन गर्न र माध्यमिक तहसम्मका विद्यालय माघ १५ सम्म बन्द गर्न सिफारिस गरेको थियो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram