NarayaniPost.com
बुधबार, साउन १०, २०८०

‘सुपर–मम’ भनेर चिनिने बघिनीको अन्तिम संस्कार

नारायणी पोस्ट
सोमवार, माघ ३, २०७८

भारतमा ‘सुपर–मम’ भनेर चिनिने बघिनी मरेको छ । कलरवाली नामबाट समेत चिनिने बघिनी १७  वर्षको उमेरमा मरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको मध्य प्रदेशमा रहेको पेन्च टाइगर रिजर्भको यो बघिनीले २९ वटा डमरुलाई जन्म दिएकी थिइ । उसको मृत्युपछि वन्यजन्तु प्रेमीले शोक व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनीहरुले शोक सन्देश लेखेका छन् ।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रा, चिकित्सा शिक्षा मन्त्री विश्वास सारङ्गलगायतले श्रद्धाञ्जली दिएका छन् । 

यो बघिनीको जन्म सन् २००५ मा पेन्च नेशनल पार्कमा भएको थियो । सन् २००८ मा पहिलो पटक उसले बच्चा जन्माएकी थिइ । सन् २००८ देखि सन् २०२१ सम्म आमा बनेकी कलरवालीबाट २९ वटा डमरु जन्मिए । 

२०२१ को जनवरीमा ३ वटा बच्चा जन्माएकी कलरवालीले  सन् २०११ मा भने पाँच वटा बच्चा  जन्माएकी थिइ  । 

एकै पटक बाघको पाँच वटा बच्चा जन्मिनुलाई दुर्लभ मानिने पेन्च नेशनल पार्कका अधिकारीले बताएका छन्  । पेन्च नेशनल पार्कमा सबैभन्दा पहिलो पटक यो बघिनीलाई रेडियो कलर लगाइएको थियो । रेडियो कलरको माध्यमबाट उसको गतिविधि नियाल्ने गरिएको थियो ।

रेडियो कलर जडानपछि उसलाई कलरवाली नामबाट चिनिने गरिएको थियो । बाघको सङ्ख्या वृद्धिमा ठूलो योगदान पुर्याएकी यो बघिनीलाई ‘सुपर–मम’ को ट्याग दिइएको हो । शनिवार मरेकी कलरवालीलाई अन्तिम श्रद्धाञ्जली दिन कयौँ मानिस  उपस्थित भएका थिए ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram