NarayaniPost.com
सोमवार, जेष्ठ २८, २०८१

ध्रुवे हात्तीको आक्रमणबाट चितवनमा सैनिक अमल्दारको मृत्यु

नारायणी पोस्ट
आइतवार, माघ २, २०७८

चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती 'ध्रुवे'को आक्रमणबाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ।

निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोष्टमा कार्यरत अमल्दार गुप्तबहादुर थापामाथि शनिबार साँझ ध्रुवे हात्तीले आक्रमण गरेको थियो। साइकलमा रात्री गस्तीमा निस्किएका सैनिकहरूमाथि पौने ७ बजेतिर ध्रुवे हात्तीले आक्रमण गरेको थियो। घाइते सैनिकको उपचारका क्रममा राति सवा ११ बजे भरतपुर मेडिकल कलेमा मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।  

शनिबार साँझ सेनाको टोली साइकलमा गस्ती गएको थियो।

‘तीन जना अगाडि गइसक्नुभएको रहेछ। उहाँ चौथो नम्बरमा हुनुहुँदो रैछ। अचानक बाटोमा आएको हात्तीले उहाँको ढाडमा किचेछ,’ सूचना अधिकारी तिवारीले भने। गस्तीमा गएका अरू सैनिकहरू भने सुरक्षित छन्। 

सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार थापाको शव अहिले भरतपुर मेडिकल कलेजमा राखिएको छ।

‘उहाँका परिवारलाई खबर गरिसकिएको छ। भरतपुर पुगेपछि शव हस्तान्तरण हुन्छ,’ उनले भने।

२०६६ सालतिर चितवन निकुञ्ज क्षेत्रमा देखा परेको यो जंगली भाले हात्तीले यसअघि १५ जनाको ज्यान लिएको थियो। ध्रुवेले ०६६ सालमा एकजना, ०६७ मा तीनजना, ०६८ मा एक र ०६९ मा १० गरी १५ जनाको ज्यान लिएको थियो। यो हात्तीले ५० वटा घर भत्काएको र टाइगर टप्स होटलको एउटा भाले हात्ती पनि मारेको निकुञ्ज कार्यालयको तथ्यांक छ।

धेरै मान्छेको ज्यान लिएपछि ध्रुवे हात्तीलाई मार्न राज्य नै लागेको थियो। ध्रुवेलाई मार्न १६ लाख रुपैयाँ खर्च भयो तर ऊ एकाएक गायब भयो। पछिल्लो समय ध्रुवे शान्त देखिन्थ्यो।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram