NarayaniPost.com
शुक्रबार, असार २९, २०८०

चितवनमा मतदाता सङ्ख्या चार लाख माथि

नारायणी पोस्ट
शुक्रबार, माघ ७, २०७८

२०७८ माघ ७ गते

चितवन । जिल्लामा मतदाताको सङ्ख्या चार लाख चार हजार २०० पुगेको छ । गत प्रतिनिधिसभाको निर्वाचन २०७४ मा जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता थिए । अहिले यो सङ्ख्या ५० हजार १६४ ले बढेको हो ।

१६ वर्ष उमेर पुगेपछि नेपाली नागरिकले मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था छ । मताधिकार प्रयोग गर्न १८ वर्ष पुग्नुपर्ने हुन्छ । यही कात्तिक मसान्तसम्म जिल्लामा तीन लाख ७८ हजार ७२१ मतदाता थिए । गत मङ्सिर १७ देखि पुस १९ मा सकिएको मतदाता दर्ता विशेष कार्यक्रममा छ स्थानीय तहबाट १२ हजार ५२० ले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै जिल्ला निर्वाचन कार्यालय चितवन, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा मङ्सिरयता यही माघ ५ गतेसम्म १३ हजार ६४ ले मतदाता नामावली दर्ता गराएका छन् ।

भरतपुर महानगरका स्थानीयवासीले जिल्ला निर्वाचन कार्यालयमै नाम दर्ता गराएका हुन । निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जिल्लामा गत मङ्सिरयता २५ हजार बढीले नाम दर्ता गराएको जानकारी दिए । मतदाता नामावलीमा दर्ता गराउने छ हजार हाराहारी १८ वर्ष नपुगेका रहेको उनले बताए । सरकारले स्थानीय तहको निर्वाचन घोषणा नगरेसम्म नामावली दर्ता गराउनेक्रम जारी रहेन कार्यालयले जनाएको छ । गत मङ्सिर र पुसमा १५ दिनसम्म विशेष अभियान चलाउँदा दर्ता गर्न छुटेकाले जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासनबाट नाम दर्ता गर्ने व्यवस्था मिलाइएको थियो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram