NarayaniPost.com
आइतवार, साउन २९, २०७९

सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य

नारायणी पोस्ट
शुक्रबार, माघ ७, २०७८

२०७८ माघ ७ गते

काठमाडौं । आजदेखि सार्वजनिक स्थान जाँदा कोरोना विरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ । यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जाँदा खोप कार्ड बोक्नुपर्नेछ । खोप लगाएको कार्डको फोटो मोबाइलमा देखाए पनि हुनेछ ।

सबै निकायहरुले खोप कार्ड हेरेर मात्र आगन्तुकलाई प्रवेश गर्न दिनुपर्ने जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको आदेशमा उल्लेख छ ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा आज राति १२ बजेदेखि निजी र सार्वजनिक सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गरिएको छ । यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो सेवा प्रवाहको प्रबन्ध मिलाउन भनिएको छ ।

आन्य समाचारहरु:-
August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram