NarayaniPost.com
शुक्रबार, मंसिर २, २०७९

चितवनमा ५ दिनदेखि घाम नलाग्दा जनजीवन प्रभावित

नारायणी पोस्ट
मङ्लबार, माघ ११, २०७८

२०७८ माघ ११ गते

चितवन । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले चितवनका अधिकांश भूभागमा विगत केही दिन देखि घाम लाग्न सकेको छैन ।

मौसमविदहरुले मौसममा मंगलबारदेखि क्रमिकरुपमा सुधार हुँदै जाने बताएका थिए । न्यूनचापीय प्रणालीका कारण माघ लागेदेखि नै चितवनको मैसममा क्रमिक परिवर्तन आएको हो । हाल चितवनमा विगत पाँच दिनदेखि घाम लागेको छैन । घाम नलागेकै कारण चितवनको जनजीवन प्रभावीत भएको छ । विहान हुस्सु कहिरो लाग्नुका साथै दिनमा घाम नलाग्दा चितवनका सर्व साधरणलाई निकै कठिन भएको छ ।
प्रतिकुल मैसमका कारण घाम नलाग्ने तथा चिसो अत्याधिक बढ्दा ससाना बालबालिका, दीर्घ रोगी तथा वृद्धवृद्धालाई कठिन हुनुका साथै दमको रोग देखिएको छ ।

भरतपुर विमान स्थलका सूचना अधिकारी तथा उपप्रबन्धक दिपक विकका अनुसार आज (मंगलबार) बिहान चितवनको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस थियो भने र हिजो (सोमबारको) को न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस थियो । अहिले मध्यान्हमा चितवनको अधिकतम तापक्रम १६ डिग्री सेल्सियस रहेको विकले नारायणी बताए ।

चितवनमा माघ १ गतेदेखि आज ११ गते सम्मको सबैभन्दा कम तापक्रम ९ डिग्री सेल्सियस रहेको सुचना अधिकारी विकको भनाइ छ ।

देशभर आंशिकदेखि सामान्य बदली :
मौसमविद् सजिना शाक्यका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली भएको छ ।

यसको प्रभावले देशको पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसमविद शाक्यले जानकारी दिइन् । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि संभावना रहेको छ ।

आन्य समाचारहरु:-
November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram