NarayaniPost.com
शनिबार, माघ २०, २०८०

२४ घण्टामा ६८२७ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

नारायणी पोस्ट
शुक्रबार, माघ १४, २०७८

२०७८ माघ १४ गते

काठमाडौं । पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो ।
मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५ हजार ४३२ जना रहेको छ । यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ जना कायम भएको छ । बिहीबार यस्तो संख्या ९० हजार बढी थियो ।

अघिल्लो दिनको तुलनामा संक्रमितको संख्या पनि कम रहेको छ । बिहीबार देशभर २१ हजार ८०८ जनामा कोरोना परीक्षण हुँदा ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको थियो ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या हालसम्म पीसीआर विधिबाट भएको परीक्षण्मा ९ लाख ४४ हजार ७४ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख २४ हजार ८५८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ४२ हजार ४३६ जना निको हुँदा कुल ११ हजार ६९७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram