काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी १७ वर्षीया गायिकाले मेडिकल चेकअप गराएकी छन् ।
न्युज कारखानाका अनुसार ती गायिकाले शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन् । त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन् ।
एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । उनले शाहले आफूलाई फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।
बलात्कारविरुद्धको जाहेरी दर्ता भएसँगै प्हरीले अभिनेता शाहमाथि अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले शाहविरुद्ध जाहेरी दर्ता भएको पुष्टि गर्दै अनुसन्धान थालिएको जनाएको छ ।