NarayaniPost.com
सोमवार, साउन ३०, २०७९

नक्कली प्रहरी पक्राउ

नारायणी पोस्ट
शनिबार, चैत्र ५, २०७८

पारिवारीक कलह तथा आपसी विवादले चरम रुप लिएपछि माईत आएकी आफ्नै श्रीमतिलाई आफुसँग लान नक्कली प्रहरीको सहयोग लिने पाँचखपन नगरपालिका वडा नम्बर ४ घर भई ललितपुर बस्ने वर्ष ३४ को रमेश कुमार तामाङ र प्रहरी नायब निरीक्षकको नक्कली पोशाक लगाई उक्त कार्यमा सहयोग गर्ने पाँचखपन नगरपालिका वडा नम्बर ४ बस्ने अर्जुन तामाङलाई पक्राउ गरि कारवाही भईरहेको छ ।

निज रमेश तामाङले काठमाण्डौबाट भाडामा प्रहरीका ४ जोर चुस्ता र बुट तथा ४ जान मानिसलाई खाँदबारी ल्याई रातको ११:१५ बजे प्रहरी बनाई ससुराल पठाई श्रीमति प्रमिला कम्मरसार्कीलाई "हामि प्रहरी हौ तपाईको श्रीमानले आत्मह हत्या गरेका छन् लिन आएको" भनि नजिकको जंगलमा पुर्‍याई निज अर्जुन तामाङलाई जिम्मा दिए पश्चात अर्जुन तामाङले आफुसँग नगए मार्ने र आफु पनि मर्ने भन्दै डोरिले बाँध्ने तथा हाल खुट्टा समेत वाँधी ज्यान मार्ने नियतले कार्य गरेको हुदाँ पक्राउ परेका दुबै जना लाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भईरहेको तथा अन्य ३ जना फरार नक्कली प्रहरीको खोजीकार्य जारी रहेको छ ।

आन्य समाचारहरु:-
August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

July 1, 2022
हेटौंडा-५ मा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगर ५ मा दुर्घटना भएको छ ।  दुइवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मा ३ जना घाइते भएका छन् । ना ५१ प ७३५९ निलो पल्सर पिप्लेबाट बजार आउदै गरेको निलो पल्सर र हेटौंडा बाट पिप्ले जाँदै गरेको बा प्र ३ -००४ प १५९९ नम्बर को एन एस […]

June 10, 2022
ऑंबुखैरेनिमा कार र मोटरसाइकिल खसेको ठाउँमा दुइ पुरुषको शव भेटियो

सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला भेटिएको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा आज बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९नम्बरको कार र मोटरसाइकिल खसेको थियो। मोटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जोगाएका थिए भने कारमानिससहित पहिरोमा खसेको प्रहरीले बताएको छ। लामो जामका कारण यात्रुको बिचल्ली भएको छ। लामो […]

May 29, 2022
मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

१५ जेठ, चितवन । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी आएको छ।म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाका अनुसार मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटिएको र थप जानकारी आउन बाँकी रहेको छ।तारा एयरको ९ एनएईटी टि्वनअटर विमान दुर्घटनामा परेको हो।विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी […]

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram