NarayaniPost.com
बिहिबार, जेष्ठ १०, २०८१

कालिकामा एमालेको अग्रता कायमै,वडा नं. १ मा ७००  मत गणना सम्पन्न

नारायणी पोस्ट
शनिबार, बैशाख ३१, २०७९

चितवन,वैशाख ३१- कालिका वडा नं.१ र ११ को १ हजार मतगणनामा  एमालेको अग्रता कायमै रहेको छ । वडा नं. १ मा ७००  मत गणना सम्पन्न भएको छ भने वडा न ११ मा ३०० मतगणना भएको छ ।

वडा न १ को मतगणना अन्तर्गत मेयरमा एमालेका बिनोद रेग्मीले ३०२ मत प्राप्त गरेका छन । ५ दलिय गठबन्धन अन्तर्गत नेपाली काङ्रेसका शिवराम केसीले २६४ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमाले कि बिमला लामाले २८४ र ५ दलिय गठबन्धन अन्तर्गत माओबादी केन्द्रकि सबिता लामाले २६९ मत प्राप्त गरेकी छन । त्यस्तै वडा  नं.१ को अध्यक्षमा नेपाली काङ्ग्रेसका सन्तबिर स्याङ्तानले ३१६ र एमालेका बुद्धि बोम्जनले ३०५ मत प्राप्त गरेका छन । यस वडामा १९५१ मत खसेको थियो ।

त्यस्तै, कालिका ११ मा  ३०० मतगणना भएकोमा एमालेको मेयरका उम्मेदवार बिनोद रेग्मीले १५५ मत र काङ्ग्रेसका शिवराम केसीले १२७ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयरमा एमालेकि बिमला लामाले १५४ र माओबादीकी सबिता लामाले १२२ मत प्राप्त गरेका छन । ११ न वडा अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजाले १५४ र नेपाली काङ्ग्रेसका वकिल प्रजाले १३१ मत प्राप्त गरेका छन । अहिले वडा न १ र ११ को मतगणना भैरहेको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram