NarayaniPost.com
शुक्रबार, माघ १९, २०८०

शारीरिक सम्बन्धपछि किन चाडै निदाउँछन् पुरुष ?

नारायणी पोस्ट
सोमवार, अशोज १९, २०७७

२०७७ असोज १९ गते
एजेन्सी –
महिला र पुरुषबीच शारीरिक सम्बन्ध भइसकेपछि कतिपय पुरुषहरु तुरुन्तै निदाउँने गर्छन् भने कतिपय महिलाहरुमा त्यसको असर २४ घण्टासम्म देखिने गर्छ ।

शारीरिक सम्बन्ध राख्ने वित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउँने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् । तर, के वास्तवमै सम्पर्क राख्नेवित्तिकै निदाउँने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? किन पुरुषलाई यौनसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्छ ? सामान्यतयाः रातको समयमा शारीरिक सम्बन्ध राख्ने गरिन्छ ।

रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् । शारीरिक सम्बन्ध राख्ने वित्तिकै निन्द्रा लाग्नुको पहिलो कारण यहि नै हो । तर, शारीरिक सम्बन्ध प्राकृतिक प्रक्रिया हो ।

शारीरिक सम्बन्धको बारेमा महिला र पुरुषको शरीरमा भिन्न प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । महिला अग्रानिज्म अझै उत्तेजित हुन्छ र महिलाहरु शारीरिक सम्बन्धपछि झन् बढी पुरुषको मायामा पर्छन् ।
पुरुष अग्रानिज्म भने शारीरिक सम्बन्ध पछि इज्याकुलेट हुन्छ र हर्मोन उत्पादन हुन्छ । जसले शरीरमा आलस्यता पैदा गर्छ साथै शारीरिक सम्बन्धको दौरान शरीर निकै थाक्ने भएकाले पुरुषहरु छिट्टै निदाउँने विभिन्न अनुसन्धानमा उल्लेख छ ।

तर महिलाहरु शारीरिक सम्बन्ध पछि के चाहान्छिन् त – शारीरिक सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । प्रायः महिलाहरू आफ्नो पार्टनरसँग मात्र शारीरिक सम्बन्ध राख्न रुचाउँछन् ।

शारीरिक सम्बन्धले महिला र पुरुषबीचको सम्बन्धलाई पनि मजबुत बनाउँछ भनिन्छ, तर कतिपयको भने शारीरिक सम्बन्ध पछिको सम्बन्धमा विचलन भएको पनि पाइन्छ । शारीरिक सम्बन्धपछि महिलाहरूले आफ्नो पुरुष साथी र आफूबारे कस्ता कुराहरू सोच्न सक्छन् ?

हेर्नुहोस् शारीरिक सम्बन्धपछि महिलाहरूले सोच्ने १२ कुराहरू:

१. आनन्द र सन्तुष्टीबीच फरक – किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै साधन नलगाई शारीरिक सम्बन्ध गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी साधन लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

२. विस्तारै गरेको राम्रो – शारीरिक सम्बन्धका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।

३. मादकपदार्थ सेवन गर्ने चाहना – शारीरिक सम्बन्धपछि केही महिलालाई रक्सी सेवन गर्ने मन पनि हुन्छ । त्यो बेला उनलाई रक्सीले आफूलाई फाइदा गर्छ वा गर्दैन भन्ने थाहा हुँदैन ।

४. भोक लाग्नु – शारीरिक सम्बन्धका क्रममा शक्ति खर्च हुन्छ । यसकारण तपाईको जोडीले भोक लागेको महशुस गरेका हुन्छ ।

५. तपाईप्रति सकारात्मक – यदि शारीरिक सम्बन्धका क्रममा तपाइले जोडीलाई सन्तुष्टी दिन सक्नुभयो भने उनले संसर्गपछि तपाईप्रति सकारात्मक सोच्न थाल्छिन् । चाहे उनले यसको संकेत दिन पनि सक्छिन्, नदिन पनि सक्छिन् ।

६. शारीरिक सम्बन्ध एक काम – कुनै महिला संसर्गलाई एक महत्वपूर्णका कार्यका रुपमा लिन्छिन् । जुन पुरा हुने वित्तिकै आफ्नो अर्को काममा लाग्ने गर्छिन् ।

७. शारीरिक सम्बन्ध गरेकोमा विश्वास नलाग्नु – कयौं पटक महिलाहरुलाई आफूले कसैसँग शारीरिक सम्बन्ध राखेको कुरा पत्याउन गाह्रो पर्न सक्छ । यस्तो दुइवटा परिस्थितीमा हुन सक्छ । पहिलो, जब शारीरिक सम्बन्ध गर्ने व्यक्ति पहिलो पटक संसर्ग गरिरहेका छन् र दोस्रो, जब महिला जोडीलाई आशा गरे विपरित सम्पर्क भएमा ।

८. के म उनको लागि ठीक थिएँ – शारीरिक सम्बन्धपछि कतिपय महिलाको मनमा आफू आफ्नो जोडीको लागि ठीक थिएँ त भन्ने कुरा पनि मनमा लाग्ने गर्छ । उनी आफूसँगको सम्पर्कबाट आफ्नो जोडी सन्तुष्ट भयो वा भएन भन्ने बारेमा पनि जान्न चाहन्छिन् ।

९. उसले गर्ने मायामा फरक त पर्दैन – कैयौं पटक महिलाहरुलाई शारीरिक सम्बन्धपछि आफ्नो जोडीले पहिलेको जस्तै माया गर्छ कि गर्दैन भन्ने कुरामा दुविधा हुन्छ । यस्तो विषयले महिलाहरुलाई बढी सोच्न बाध्य बनाउँछ ।

१०. कतै मैले यो गलत त गरिनँ – यदि कुनै महिला आफ्नो श्रीमान वा ब्वाइफ्रेण्डलाई धोका दिएर अन्य कसैसँग शारीरिक सम्बन्ध राख्छिन् भने उनलाई आफूले यो के गरेको भन्ने मनमा खेल्ने गर्छ । उनलाई पछि आफूले यस्तो गर्न नसक्ने सोच्छिन् ।

११. दोस्रो पटक पनि गर्न सक्छौं – कुनै बेला महिलाहरु शारीरिक सम्बन्धबाट यति धेरै सन्तुष्ट हुन्छिन् कि उनी अर्को पटकका लागि पनि तुरुन्तै तयार हुन्छिन् । त्यसका लागि आफ्नो जोडीको मन तान्न थाल्छिन् ।

१२. समय अभाव भएको महशुस – महिला जोडीलाई शारीरिक सम्बन्धका क्रममा समयलाई लिएर तपाइप्रति निकै अपेक्षा हुन्छ । उनले तपाईलाई खरो रुपमा उत्रेको देख्न चाहन्छिन् । नभए उनी निराश समेत हुन्छिन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram