NarayaniPost.com
बुधबार, माघ २४, २०८०

एप्पलले ल्यायो एकैपटक ४ नयाँ आइफोन, यस्ता छन् विशेषता

नारायणी पोस्ट
बिहिबार, अशोज २९, २०७७

काठमाडौँ, बिहिबार, २९ असोज २०७७ । एप्पलले आइफोन १२ का मोडलहरू सार्वजनिक गरेको छ।

मंगलबार भएको भर्चुअल कार्यक्रममा एप्पलले आइफोन १२, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स र आइफोन १२ मिनी गरी चारवटा नयाँ आइफोन एकसाथ सार्वजनिक गरेको हो । यी सबै मोडलमा ५ जी नेटवर्कको सुविधा छ ।

एप्पलको आइफोन १२ मा ६.१ इन्चको स्क्रिन रहेको छ । यसमा ए१४ बायोनिक प्रोसेसर रहेको छ । आइफोन १२ निलो, हरियो, कालो, सेतो र रातो रङमा उपलब्ध हुनुका साथै ६४ जिबी, १२८ जिबी र २५६ जिबी इन्टर्नल स्टोरेज मोडेलमा उपलब्ध हुनेछ । आइफोन-१२ मा पछाडि १२ मेगापिक्सलको मुख्य क्यामरा र १२ मेगापिक्सलकै अल्ट्रा वाइड गरी दुइटा क्यामरा छन्। सेल्फी क्यामरा पनि १२ मेगापिक्सलकै छ । यसको सूरुवाती मूल्य ७ सय ९९ डलर तोकिएको छ ।

यस्तै, आइफोन १२ मिनीमा ५.४ इन्चको डिस्प्ले छ। यसलाई कम्पनीले संसारकै सानो र हलुका ५ जी फोन भनेको छ । यसको तौल जम्मा १३५ ग्राम भएको कम्पनीले जनाएको छ। यसको कुल लम्बाइ ५.१८ इन्च छ भने चौडाइ २.५३ इन्च छ । अन्य स्मार्टफोनभन्दा यसलाई फोनको पफर्मेन्स पहिलेभन्दा ५० प्रतिशत बढी दिने बताइएको छ । यसको मूल्य ६९९ डलरबाट सुरू हुनेछ ।

आइफोन-१२ प्रो र आइफोन-१२ प्रो म्याक्स भने निलो, खैरो, सिल्भर र पहेँलो ४ फरकफरक प्रकारका रङमा उपलब्ध हुनेछन् । आइफोन-१२ प्रो मा ६.१ इन्च डिस्प्ले हुनेछ । यसको पछाडि तीन वटा क्यामरा छन् । यसमा लिडार स्क्यानर रहेको छ । यसबाट फोटो चार गुना बढी नजिक जुम गरेर खिच्न सकिन्छ । यसले कम प्रकाशमा समेत उत्कृष्ट तस्वीर खिच्न सहयोग गर्नेछ ।

यो फोन १२८ जिबी, २५६ जिबी र ५१२ जिबी स्टोरेजका साथ आउनेछ। यसको अर्को विशेषता भनेको यो वाटरप्रुफ हो । कम्पनीका अनसार ६ मिटर गहिरो पानीमा करिब ३० मिनेटसम्म डुब्दा पनि फोन बिग्रिने छैन । कफी, सोडा वा अरू पेय पदार्थ पोखिए पनि फोनमा कुनै असर नपर्ने कम्पनीको भनाइ छ ।

यस्तै, आइफोन १२-प्रो म्याक्स ६.७ इन्च डिस्प्लेको साथ आउने छ। यो हालसम्मकै ठूलो आइफोन भएको कम्पनीले जनाएको छ । यसमा पनि ट्रिपल क्यामरा सेटअप रहेको छ जसका फिचर आइफोन १२ प्रोकै जस्ता छन् । यो पनि १२८ जिबी, २५६ जिबी र ५१२ जिबी स्टोरेजका साथ आउनेछ। आइफोन प्रो को सुरुवाती मूल्य ९९९ डलर र प्रो म्याक्सको सुरुवाती मूल्य १०९९ डलर तोकिएको छ ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram