कञ्चनपुर । विस्थापित भएको दुई दशक बितिसक्दा पनि पुनर्स्थापनाको पर्खाइमा रहेका कञ्चनपुरको ढक्का शिविरका आरक्षपीडितहरुको बस्तीमा दिनहुँजसाे जंगली हात्तीको बथानले आतङ्क मच्चाएकाे छ ।
लालझाडी गाउँपालिका- ६ स्थित ढक्का आरक्षपीडित शिविरमा लालझाडी वन क्षेत्रबाट आएका जङ्गली हात्तीको बथानले एघार परिवारका घर-टहरा भत्काएपछि बस्तीमा बिचल्ली परेकाे छ । जङ्गली हात्तीकाे बथान बस्तीमा प्रायः आइरहने गरे पनि यसपटक शिविरका एघार घरधुरी भत्काएको स्थानीय शिवराज भारतीले बताए । निरन्तर रुपमा आइरहने हात्तीले गएराति बालीनाली पनि नष्ट गरी गाउँमा त्रास मच्चाएकाे पीडितहरु बताउँछन् । उनीहरूले भने, ‘रातभर हात्ती धपाउनु हाम्राे दिनचर्या बनेको छ ।’
यस्तै आइतबार राति जङ्गली हात्तीको ठुलै बथानले स्थानीय पार्वती नाथ, लेखराज भारती, रतन भारती, पदम भारती, शिवराज भारती, जग खत्री लगायत शिविर बस्तीका अन्य घर टहरा समेत भत्काइदिएपछि उनीहरुको विचल्ली मच्चिएको बेलाैरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शमशेर सिंह पेलाले बताए । उनका अनुसार शिविरमा केही पिडित परिवार बेलाैरीका स्थानीय परेका छन् । तसर्थ उनीहरुलाइ नगरपालिकाले केही राहतको व्यवस्था गरेको अध्यक्ष पलाकाे भनाइ छ ।
गएराती बस्तीमा पसेका हात्तीहरुको बथानले शिविरमा आतङ्क मच्चाइ टहरा भत्काउनुका साथै गहुँ बाली, लुगा कपडा, घारा, भाडाकुडा, साइकल, खाद्यान्न समेत नष्ट गरिदिएको हात्ती पिडित लेखराज भारतीले बताए । ‘सरकारबाट हामी पीडित त थियौँ नै,’ आरक्ष पिडित संघर्ष समितिका अध्यक्ष हिरा सिंह भण्डारीले भने, ‘जंगली जनावरबाट समेत पीडित भएका छौँ ।’ बस्ने घरटहरा नै भत्काईदिएछि पीडितको विचल्ली भएको अध्यक्ष भण्डारीकाे भनाइ छ ।
‘हात्तीले बस्ने घर भत्कायो । यो शितलहरमा पीडितलाई पीडामाथि झन पीडा थपिदिएको छ,’ स्थानीय पार्वती नाथले दुखेको पाख्दै भनिन्, ‘गएराति एघार घर भत्कायो, गहुँ बाली नास गर्याे । अर्कातिर घर भित्रकाे अन्न समेत नष्ट गरिदियो । झण्डै मानवीय क्षति हुन बाट बच्याे ।’
दुई दशक अघि तत्तकालिन (शुक्लाफाँटा बन्यजन्तु आरक्ष) निकुञ्ज विस्तारका क्रममा विस्थापित गराईएका नागरिकको अझै पुनर्स्थापना गरिएको छैन । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारका पालामा ०५८ सालमा संकटकालको मौका छोपी विस्थापित गराएका आरक्षपीडितको अझैपनि पुर्नस्थापना हुन सकेको छैन । विस्थापित आरक्षपीडितको पूर्नस्थापना नहुँदा उनीहरु विभिन्न सार्वजनिक जमिन, नदीखोला नाला एव जंगल आसपासका क्षेत्रमा बसेका छन ।
देउवा त्यसयता तीन पटक प्रधानमन्त्री भईसके तर उनहरुलाई आरक्षपीडितको पुर्नस्थापनका लागि कुनै मतलब नै छैन । न त याे सरकारले केही गर्न सक्याे । विस्तापित भएदेखि यता तीन पटक निर्वाचन पनि भईसक्यो, अब चौथो पटकको निर्वाचनको तयारी पनि छ, तर पीडितको समस्या भने ज्यूँका त्यूँ छ । पीडितका नाममा कयैन आयोग बनिसक्दा पनि आरक्ष पीडितहरुको समस्या भने उस्तै रहेको छ ।
राहत लिएर पीडित बस्तीमा नगरप्रमुख
बेलाैरी नगरपालिका नगर प्रमुख पाेतिलाल चाैधरी ढक्का शिविर आरक्षपिडितकाे बस्तीमा पुगेका छन् । उक्त बस्तीमा हात्तीले आतंक मच्चाएर घरपरिवारको विचल्ली पारेपछि राहत सामग्री लिएर नगरप्रमुख चाैधरी पिडित बस्तीमा पुगेका हुन् ।
बस्तीमा पुगेर नगरप्रमुख चाैधरीले राहत सामग्री वितरण गरेका छन् । चाैधरीले हात्ती पिडित एघार परिवारलाई राहतस्वरूप खाद्यान्न सामग्री, त्रिपाल र ब्ल्याङकेट वितरण गरेका थिए ।
उक्त बस्तीमा पुगेका प्रमुख चाैधरीले जङ्गली हात्तीकाे बथानले गरेको क्षति विवरण संकलन भइरहेको बताउँदै पिडित परिवारलाई नगरद्वारा केही सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले रातिको समयमा पुनः हात्ती बस्तीमा छिर्न सक्ने सम्भावना रहेको भन्दै सबैलाई सचेत रहन समेत आग्रह गरे ।
२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी
तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]
चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।