NarayaniPost.com
बिहिबार, माघ २५, २०८०

रवि लामिछानेले खोले नयाँ टेलिभिजन

नारायणी पोस्ट
मङ्लबार, फाल्गुन ११, २०७७

२०७७ फागुन ११ गते

सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए ।

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलेभिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए ।

उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने ।
टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram