NarayaniPost.com
सोमवार, फाल्गुन ७, २०८०

सत्ता र मुद्दा गुमाउँदा ठाकुर पक्ष अप्ठ्यारोमा

नारायणी पोस्ट
बिहिबार, असार १०, २०७८

२०७८ असार १० गते

काठमाडौँ — सत्ता र मुद्दा दुवै गुमाएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षलाई मधेसमा आफ्नो राजनीतिक साख जोगाउन सकस परेको छ । नागरिकतासम्बन्धी अध्यादेश र आफ्ना नेता–कार्यकर्ताको मुद्दा फिर्तालाई देखाएर ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

प्रतिनिधिसभा विघटनपछि काम चलाउ हैसियतमा पुगेका प्रधानमन्त्री ओलीले जेठ २१ र २७ गते ठाकुर पक्षबाट उपप्रधानमन्त्रीसहित ११ जनालाई मन्त्री बनाएका थिए । सर्वोच्च अदालतको मंगलबारको अन्तरिम आदेशबाट सबै मन्त्री बाहिरिएपछि पार्टी र मधेस राजनीतिमा ठाकुर पक्ष रक्षात्मक भएको छ ।

ठाकुरपक्षीय केही नेताले अदालतको आदेशलाई अवसरका रूपमा लिएर पार्टी एकतामा लाग्न नेतृत्वलाई दबाब दिन थालेका छन् । तर नेतृत्व पंक्तिले प्रधानमन्त्री ओलीसँगको सहकार्यलाई तत्काल नतोड्ने बताएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको फैसला नआउन्जेल प्रधानमन्त्री ओलीसँगको सहकार्यमा पुनर्विचार नहुने ठाकुर पक्षको भनाइ छ । ‘अदालतका आदेशहरू प्रधानमन्त्री ओलीका कारणले भएका होइनन् । उहाँले हाम्रा एजेन्डालाई अघि बढाएकाले हामी सरकारमा सहभागी भएका हौं,’ ठाकुरपक्षीय नेता वृषेशचन्द्र लालले भने, ‘ओलीसँगको सहकार्य तोडिहाल्ने पक्षमा छैनौं ।’

गत फागुन ११ मा प्रतिनिधिसभा पुनःस्थापना भएसँगै जसपा दुई कित्तामा बाँडिएको थियो । मधेसका माग मुद्दा सम्बोधन गराउने भन्दै ठाकुर पक्ष ओलीतिर लागेको थियो भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीको निःसर्त बहिर्गमनका लागि विपक्षी गठबन्धनतिर थियो ।

प्रतिनिधिसभा पुनःस्थापनापछि ढल्नै लागेको ओली नेतृत्वको सरकार ठाकुर पक्षको टेकोले धानिँदै आएको थियो । ओलीले आफ्नो सत्ता टिकाउनकै लागि ठाकुर पक्षले उठाएका माग सम्बोधन गरेका थिए । उनले पहिलो चरणमा मधेस–थरूहट लगायतका आन्दोलनका क्रममा जेलमा परेका र फरार सूचीमा रहेका कार्यकर्ताको मुद्दा फिर्ता गर्ने प्रक्रिया बढाए । त्यसपछि संसद्मा वर्षौंदेखि अड्किएको नागरिकता विधेयकलाई बेवास्ता गर्दै अध्यादेश ल्याए । संविधान संशोधनका लागि अध्ययन गर्ने भन्दै सत्तारूढ दलका तीन र ठाकुर पक्षका दुई सदस्य रहेको कार्यदलसमेत बनाउने सहमति भयो ।

आन्य समाचारहरु:-
July 12, 2023
प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

२७ असार २०८०प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।  लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । ६९ वर्षको उमेरमा उनको निधन भएको हो । सीता दाहाललाई […]

July 11, 2023
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ । सवार ६ जना मध्य ५ जना को शव निकालियो थप एक जना को खोजी कार्य जारी

November 7, 2022
ड्राइभिङ लाइसेन्स प्रिन्ट भयो वा भएन ? थाहा पाउने ३ तरिका

तपाईले स्मार्ट ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिनुभएको छ ? यदि हो भने तपाईको लाइसेन्स प्रिन्ट हुने समय भयो कि भएन ? यी सबै कुरा थाहा पाउनका लागि अनलाइनबाट विभिन्न माध्यमको प्रयोग गर्न सकिन्छ । ती मध्ये सबैभन्दा सजिलो माध्यम चाहिं एसएमएस पठाउन सकिने माध्यम हो । आफ्नो मोबाइलबाट म्यासेज बक्समा गएर अंग्रेजी अल्फाबेट एल र […]

August 13, 2022
त्रिशुली नदीमा खस्यो ट्रक

चितवन - शनिबार बिहान करिब ९ बजेतिर त्रिशूली नदीमा एक ट्रक खसेको छ । इच्छाकामना गाउँपालिका – ५ स्थित नाग्दी खोला भन्ने ठाउँबाट एक इटा बोकेको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रकमा के कति सवार थिए भन्नेबारे खुलेको छैन । अहिले प्रहरीको टोली खोजीका लागि परिचालन भइसकेको बताइएको छ ।

IPO Result Check

" निरन्तर समाचारको संवाहक "

Beta version

Narayani Post

news@narayanipost.com
narayanipost24@gmail.com
चितवन, नेपाल  

जोडिनुहोस

copyright © narayanipost.com 
Headlines: 
linkedin facebook pinterest youtube rss twitter instagram facebook-blank rss-blank linkedin-blank pinterest youtube twitter instagram